Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मुस्लिम युवती विवाहका लागि जन्ती लिएर युवाको घर पुगेपछि…

spot_img
spot_img

बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सञ्जालमा जताततै छाएका ‘भाइरल’ भएका छन् ।

यसले परम्पराको नाममा हुने महिला अधिकार हननका विषयमा बहस तीव्र बनाइदिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेकी थिइन् । शनिबार सम्पन्न विवाह बङ्गलादेशको पश्चिमी ग्रामीण जिल्ला मेहरपुरमा भएको हो ।

मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भए पनि एशियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत् विश्वभर चर्चा पाएको छ । खुशीले जन्ती लिएर बेहुला कहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्ट्याइदिएको छ । ‘हो, परम्परागत रूपमा यो असामान्य हो । तर, अन्य दिदीबहिनीहरूले पनि यसलाई व्यवहारमा ल्याउने साहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको शुरूवात गरेँँ’, खुशीले आइतबार बताइन् ।

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ थियो । इस्लामले भने, महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ। यसलाई हाम्रो परिवार र समाजले स्वीकार गर्यो ।

म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ, उनले थपे। विवाहपछि उनीहरूको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सञ्जालमा छाएको छ । यसले सामाजिक सञ्जालमा विवाहको नयाँ अभ्यासबारेमा बहस शुरु भएको छ ।

विवाहका परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान ९१६ करोड ८० लाख जनसङ्ख्या रहेको मुलुक बङ्गलादेशका यो घटना सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ । बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेखेका छन्, ‘पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो ।’

अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन् । कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन् । केही किशोरहरूले बेहुली खुशीको प्रशंसा गर्दै भनेका छन्, ‘उहाँ साहसी महिला हुनुहुन्छ । म उहाँजस्ता महिलालाई विवाह गर्न चाहन्छु ।’

यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नवजोडी तथा उनीहरूको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन् । ‘त्यो परिवारलाई सजाय दिनुपर्छ,’ मोहम्मद अबुल हस्नतले ‘च्यानल २४’ को वेबसाइटमा लेखेका छन् । रासस/एएफपी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...