Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सरकार संग हिमत भए भ्रष्टाचारीलाई कर्वाही गरेर देखाउन नेता केसीको चुनौती

spot_img
spot_img

वीरगंज । सरकारले सबै संबैधानिक निकायलाई नियन्त्रणमा लिन खोजेको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले वताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा, अख्तियार र न्यालयलाई हस्तक्षेप गरी नियन्त्रणमा लिन खोजेको आरोप लगाएका हुन ।

प्रेस युनियन पर्साले बुधबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता केसीले बढदै गएको भ्रष्टचारको संरक्षक प्रधानमन्त्री ओली नै भएको आरोप लगाएका हुन । उनले भने ‘संबैधानीक संस्था लोकतन्त्रका मेरुदण्ड भए पनि त्यसलाई निगरानी गरी प्रधानमन्त्री ओलीले नियन्त्रण गर्न खोजेका छन’ । सरकारले निरन्कुश शैली अपनाएको वताउदै उनले देशमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार मौलाएको वताएका हुन ।

उनले भने ‘सरकारको व्यापक रुपले असन्तुष्टी देखिएको छ, महंगी र मुल्य वृधीको चरम सिमा नाखेको छ’ । तर सरकार झूठो अश्वासन र सपना बाड्न मै व्यस्त देखिएको छ । सम्रग रुपमा भन्दा भ्रष्टाचार, हिंसा र बलात्कारको दलदलमा देश फसेको छ । सरकार संग तागद र हिमत छ भने निष्पक्ष रुपमा भ्रष्टचारीहरुलाई कर्वाही गरेर देखाउन चेतावनी समेत नेता केसीले दिए ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत वीरगंज आएका नेता केसीले कांग््रेस भित्र कै कार्यकर्ताहरुलाई चेतना अभिवृद्धि गर्न जागरण अभियान चलाइएको वताए । उनले महंगी, आरजकता विरुद्ध लाग्न समेत जागरण अभियान चलाइएको वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य र पूर्व मन्त्री समेत रहेका नेता केसीले लोकतन्त्र र निरन्कुशताको लडाईमा लाग्न सबैलाई आग्रह समेत गरे ।

राजतन्त्र र हिन्दुराष्ट्र सम्बन्धी पत्रकारहरुको जिज्ञासा मेटाउदै नेता केसीले संघिय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको प्रतिबद्धताबाट आएकोले यसलाई प्रभाव पार्ने कुनै काम कांग्रेस नगर्ने वताए ।

प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, जिल्ला समिति पर्साका सचिव किशोरी साह, श्याम पटेल, महाधिबेशन प्रतिनिधि राजनाथ ठाकुर, असर्फी साह लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन मुकेश यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...