Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

देश बच्चाउन कम्युनिष्टहरुको हातबाट शासन सत्ता खोस्न जरुरी : नेता केसी

spot_img
spot_img

वीरगंज । देशमा भष्ट्राचार, बलातत्कार, हिंसा र महंगीको सिमा नाघेको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले वताएका छन । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत वीरगंजको घण्टाघर नजिकको विपी उत्थान पार्कमा मंगलबार आयोजित कार्यक्रलाई सम्बोधन गर्दै नेता केशीले यसमा नेकपा नेतृत्वको सरकार र त्यसको गिरोह सहभागि रहेको वताए ।

नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहेका नेता केशीले भष्ट्रचार नै भष्ट्रचारको हाम्रो देश हुदै गएकोले यसबाट बचाउन जरुरी रहेको वताए । कम्युनिष्टहरुबाट देश बच्चाइएन भने लोकतन्त्र बचाउन नसकिने वताउदै उनले मिडिया काउन्सिल र आम संचार विधेयक ल्याएर सरकार आफ्नो नियन्त्रणमा राख्न खोजेको वताए ।

उनले भने ‘सेना परिचालन गर्ने विधिलाई उल्टाएर मन्त्रीपरिषदको निर्णय अनुसार परिचालन गर्न सकिने विधि ल्याएर नेकपा निरन्कुश ल्याउन खोजेको छ’ । उने यी सबै समस्याबाट जोगाउन नेपाली कांग्रेस बिचको एकता जरुरी रहेको धारणा राखे । एकतर्फ कम्युनिष्टहरुको एकदलिय संवाद र अक्रो तर्फ मधेशी भवनालाई भड्काउन खोजिएको समेत वताए ।

मधेशीको नाममा उब्जेको पार्टीहरु मात्र सत्ताको ब्रागेनिङ्गको लागि रहेको प्रमाणित भइसकेको उनले दावी गरे । जनताको आक्रोशलाई कांग्रेसले लिएर भष्ट्राचार र महंगीको विरोधमा अभियान चलाउनु पर्ने वताए । उनले भने ‘देशलाई बच्चाउन कम्युनिष्टहरुको हातबाट शासन सत्ता खोस्न तर्फ हामीले लाग्नु पर्छ’ ।

दोस्रो चरणको जागरण अभियानलाई सम्बोधन गर्दै उनले नयाँ यात्रामा कांगे्रसलाई प्रबेश गर्नु पर्ने भएकोले जागरण अभियान संचालन गरिएको वताए । उनले भने ‘नेपाली कांग्रस प्रतिको भ्रम चिर्न र कमजोरीहरु पत्ता लगाउन समेत जागरण अभियान संचालन गरिएको हो’। जागरणको सब भन्दा ठूलो आवश्यकता जंहा जे गल्ती भयो, त्यही त्यसलाई छोडेर त्यसलाई सुर्धान संकलप गर्नु पर्ने रहेको उनको भनाई थियो ।

एक अर्काको अस्तित्वलाई स्विकार्दै हामी एक ढिका भए कांग्रेसको कमजोर नरहेको धराणा राखे । हाल सम्मको ठूलो क्रान्ति र परिवर्तन नेपाली कांगेसले गर्दा आएकोले हामीले नसुधरे हाम्रो अस्तित्व नजोगिने वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले हाल कम्युनिष्टहरु कमाउनिष्ट भएको आरोप लगाए ।

कम्युनिष्टहरु बामपंथी नभई दामपन्थी भएको समेत आरोप लगाए । नेता चौधरीले नेकपाका अध्यक्ष प्रचण्डले अरबौको सम्पती आर्जन गरेको आरोप लगाए । उपेन्द्र यादवको एउटा दोकान बन्द भए पछि अक्रो दोकान खोलेको वताए । गुन्डा, डांका, भ्रष्टाचारीले देश चलाए देशको जनता असुरक्षित हुने वताए ।

जुन देशको गृहमन्त्रीको भाई नै गुन्डागर्दीमा संलग्न भएको आरोप पक्राउ पर्छन त्यो देशको जनता कति सुरक्षित छ सोच्नु पर्ने समय भएको उनको भनाई । फोरमको नामबाट खुलेको पार्टी समावजवादी भएको र मधेशको नाममा खुलेको पार्टी मधेशीको नाममा निसान मेटाई त्यो दोकान नचल्ने भए पछि अक्रो दोकान खोलेको वताए ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, नेता जनार्धन सिंह क्षेत्री, बिरेन्द्र नेपाली, प्रदेश सांसद राजेश्वर साह, पूर्व सांसद रामेश्वर रौनियार लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...