Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘अर्जुन रेड्डी’ हिरो ‘वर्ल्ड फेमस लभर’ बन्दै

spot_img
spot_img

एजेन्सी । तेलुगूको ब्लकबस्टर फिल्म ‘अर्जुन रेड्डी’ बाट ‘स्टार’ बनेका अभिनेता विजय देवरकोन्डाको नयाँ फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । ‘वल्ड फेमस लभर’ नामक फिल्मको फर्स्टलुकमा विजय निकै इन्टेन्स अवतारमा देखिएका छन् । उनलाई हातमा चुरोट र मुखबाट धुँवा फ्याक्दै गरेको देख्न सकिन्छ । उनको अनुहारभरी चोट छ ।

फिल्मको नामबाट अनुमान गर्न गाह्रो पर्दैन कि यो एक लभस्टोरी कथामा बेस्ड हुनेछ । फर्स्टलुकमा देखिएको विजयको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता बढाउने निश्चित छ । अहिले यो फिल्मको फर्स्टलुकले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ । रिलिज अगावै फिल्मलाई ‘स्योर सट हिट’ मानिन थालिएको छ ।

विजय देवरकोन्डाको यो लुक्स उनको पछिल्लो फिल्म ‘अर्जुन रेड्डी’ भन्दा खासै अलग छैन । यसै वर्ष यो फिल्मको हिन्दी रिमेक ‘कबीर सिंह’ प्रदर्शनमा आएको थियो । फिल्ममा विजयको भूमिका अभिनेता शाहिद कपूरले निर्वाहा गरेका थिए । भने, उनको अपोजिटमा कियारा आडवानी थिइन् । फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।

विजय पछिल्लो पटक फिल्म ‘डियर कमरेड’ मा देखिएका थिए । जसमा उनी एक छात्र नेताको भूमिकामा थिए । फिल्मले खासै राम्रो व्यापार गरेको थिएन । केए वल्लभाले निर्माण गर्ने ‘वल्ड फेमस लभर’ लाई क्रान्ति माधवको निर्देशन गर्दैछन् । यो फिल्ममा राशि खन्ना, क्याथरीन ट्रेसा, ऐश्वर्या राजेश, इजाबेल लेईटलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...