Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

ड्राइपोर्टमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते

spot_img
spot_img

वीरगंज । वीरगंजको ड्राइपोर्टमा सोमबार विहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकलमा सवार वीरगंज २६ सुगौली विर्ताका जोगिन्द्र साह कानुकी १५ बर्षिय छोरी ज्योति कुमारी र बहुदरमाई नगरपालिकाको भौराटारका अशोक साहका छोरा १४ बर्षिय मोटरसाइकल चालक राहुल साह रहेका छन ।

दुबै जनाको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । घाइते राहुलको दाहिने खुट्टाको तिन ठाउँमा भाँचेको छ भने दाहिने हात पनि भाँचेको छ । ज्योतिको दाहिने खुट्टाको घुडामा कटेको छ ।

वीरगंज देखी ड्राइपोर्ट तर्फ जादै गरेको ना. ५ ख. ७२५० नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेका ना. २५ प. ८९७४ नम्बरको स्पेलेन्डर मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । राहुल आफ्नो मामाको छोरी ज्योतिलाई विद्यालय पुर्याउन भौराटारबाट वीरगंज आइरहेका थिए । घाइते ज्योति वीरगंंज रानिघाट स्थित ज्ञानभाटिका विद्यालयमा अध्ययनरत छिन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...