Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘रामायण’को प्रश्नमा ट्रोल भएपछि सोनाक्षीको यस्तो जवाफ

spot_img
spot_img

सामाजिक संजालका कारण अहिले साना–साना बिषयमा पनि कलाकारहरु ट्रोलको शिकार हुन थालेका छन् । सामान्य कुरा लेख्दा वा बोल्दा पनि कलाकारलाई ट्रोल बनाउन थालिएको छ । अहिले बलिउड नायिका सोनाक्षी सिन्हा यस्तै एउटा ट्रोलको शिकार भएकी छिन् । नायक अमिताभ बच्चनले संचालन गर्दै आएको ‘कौन बनेगा करोडपति’ शोमा पुगेकी सोनाक्षीले रामायण सम्बन्धी एक सामान्य प्रश्नको जवाफ दिन नसकेको भन्दै उनलाई ट्रोल बनाइएको छ ।

सोनाक्षीले ट्रोल अत्याधिक बनेपछि यसको जवाफ दिएकी छिन् । उनले ट्विटरमा ट्विट गर्दै लेखेकी छिन्–‘प्रिय, सक्रिय ट्रोलर्स । मलाई पाइथागोरसको साध्य, मर्चेन्ट अफ भेनिस, मुगल सल्नतनका कालक्रम लगायत धेरै कुरा याद छैन । यदि, तपाइको माझ अरु कुनै काम छैन भने कृपया यो बिषयमा पनि ट्रोल गर्नुहोला । मलाई मीम्स मनपर्छ ।’

‘कौन बनेगा करोडपति शोमा उनलाई ‘रामायणका अनुसार, हनुमानले कसका लागि संजिवनी बुटि लिएर आएका थिए ?’ सोनाक्षीले यसको जवाफ दिन नसकेपछि उनी ट्रोलको शिकार बनेकी हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...