Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

गाउँपालिकाले १५ महिना देखी तलब नदिदा शिक्षकहरु मर्कामा

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारीको श्री सुकई साह माध्यमिक बिधालयका ५ जना शिक्षकलाई गाउँपालिकाले १५ महिना देखी तलबभत्ता नदिदा शिक्षकहरु मर्कामा परेका छन ।

नियमित रुपमा अध्ययन अध्यापन गराउदै आएका शिक्षकहरुले पटक पटक तलबभत्ता मांग गर्दा एक हप्ता, पन्द्र दिन, महिनामा दिन्छौ भन्दा भन्दै १५ महिना बितिसक्दा पनि तलबभत्ता नपाएको शिक्षक जयप्रकाश चौरसियाले बताए ।

बिगतका बर्षमा बिषयगत शिक्षक नरहेको भन्दै सो बिधालयका बिधार्थीहरुले अध्ययन अध्यापन अवरुद्ध गरी बिधालयमा तालाबन्दी गर्दा भएको सहम्मती अनुसार ५ जना शिक्षकहरुलाई स्वयसेवकको रुपमा बिधालयमा पढाउन राखिएको थियो । गाउँपालिकाको गाउँ सभा भए पनि गाउँपालिका भरीकै बिधालयको लागि बजेट नछुटयाइएकोले शिक्षकहरुको तलबभत्ता दिन समस्या भएको शिक्षक स्रोतको दावी छ ।

यता शिक्षकहरुले तलब नपाउदा केही दिन पढाउन छोडे पछि प्रत्येक दिन ५ घण्टीको घण्टी अध्ययन अध्यापन अवरुद्ध हुदा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साह तेली अग्रसरता देखाएका छन । अध्यक्ष तेलीका अनुसार काम गरेको रकम पाउनु हुनेछ भन्दा आश्वास पाएका शिक्षकहरुले आज देखी पुन कक्षाकोठामा पढाउन गएको अध्यक्ष तेलीले बताए ।

केही दिनमा ५ जना शिक्षकहरुको तलबभता नपाए फेरी शिक्षकहरुले पढाउन छाडने शिक्षक लक्ष्मण ठाकुरले बताए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साहले यस बिषयमा आफु गम्भीर रहेको र आफु शिक्षा विकास समन्वय कार्यालय बिरंगज पर्सा, बिधालयका प्रध्यापनाध्यापक, वडाअध्यक्ष, प्रमुखप्रशासकिय अधिकृत र अभिभावकहरु सित रायसल्लाह गरी तुरन्त समस्याको सामाधान गर्ने वताका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...