Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

दाइजोको कारण कुटपिट भएको भनिएको रानीघाट घटनाको रहस्य खुलासा

spot_img
spot_img

वीरगंज। दाइजोको कारण कुटपिट भएको भनिएको वीरगंज रानीघाटको एक महिला र उनको श्रीमान बिच भएको झगडाको कारण अर्कै रहेको खुलासा भएको छ । वीरगंज १० रानिघाट निवासी गोबिन्दा प्रसाद कानु र बारा कलैया सितलपुर निवासी रंजु देवीको १५ बर्ष अगाडी हिन्दु धार्मिक परम्परा अनुसार मागी विवाह भएको थियो । दुबै जना त्यस पछि संगै वीरगंज रानीघाटको घरमा बस्दै आएका थिए ।

दुबै जनाको एउटा १२ बर्षका गणेश गुप्ता र ३ बर्षका कृष्ण गुप्ता नाम गरेको २ जना छोरा पनि छन । दुबै जना राजीखुसी बस्ने क्रममा मौज मस्ती गर्ने र अनावश्यक खर्चहरु गर्न थालेका थिए । गोबिन्दका बुवा जोखु साह कानुले छोराको कार्यशैली देखेर यस्तो अवस्थामा हाम्रो सबै सम्पती नष्ट हुने र अरु छोराहरुको भबिष्य पनि खतम हुने डरले अंशबन्डा गरिदिएका थिए ।

४ दाजु भाई रहेका गोबिन्दको भागमा पर्ने धन सम्पती बुवा जोखुले छोरालाई दिई अंश भर्पाई गराएका थिए । २०६८ सालमा अंश भर्पाइ भए पछि दुबै जना फेरी संगै राम्री बस्दै आएका थिए । दुबै जना फेरी पुरानै शैलीमा बस्दै थिए र भागमा परेको सम्पती बिक्री गरी खाने, मौज मस्ती गर्ने गरेको जोखुले वताए । सोही क्रममा गोबिन्दले ससुराली बेला बेलामा पनी पइसा दिने गरेको जोखुको भनाई छ । पछि उनको भागमा परकोे सम्पती कम हुदै गयो । तर गोबिन्दको बुवा र भाईको सम्पती पहिला जती नै रहेको देखेर रंजु र उनको बिच विवाद सुरु हुन थाल्यो ।

रंजुले दिनहु श्रीमान गोबिन्द संग विवाद गर्ने र टर्चर गर्न थालिन । तपाईले अंश भर्पाई नगरेको भए हाम्रो सम्पती कम हुने थिएन र हामी गरिब हुने थिएन भनी रंजुले श्रीमान गोबिन्द संग विवाद गर्ने गरेको जोखु वताउँछन । यी बिषयमा पहिला कति पटक पंचायती पनि भइसकेको कालिका टाईम्स संग कुरा गर्दै जोखुले वताए । सोही कारण बिहिबार भएको समान्य विवाद उग्र रुप लिएको हो ।

बुधबार सांझ गोबिन्दको सानो छोरा कृष्णले छिमेकी जयनारायणको घरमा ढुंगा हानेका रहेछन । ढुंगा हानेको गोबिन्दकी आमा जोसोदा देवीले देखेकी रहेछिन । त्यसको भोली पल्ट विहान आमा जोसोदाले गोबिन्द छोराले छिमेकीको घरमा ढुंगा हानेको भने पछि गोबिन्दले छोरालाई समझाउदै छोरालाई एक चटकन हानेका रहेका छन । छोरालाई हानेको आमा रंजुले देखे पछि उनी गोबिन्द संग भनाभन गरेकी थिइन ।

सोही क्रममा रंजुले गोबिन्दलाई अपशब्द बोले पछि झगडा हुन पुग्यो । त्यस पछि रंजु आफ्नो कोठामा गएर आफै हातको चुरी फोडी आफ्नो माइती फोन गरी मलाई कुटपिट भएको भने पछि उनको दाई रमेश साह वीरगंज रानीघाट स्थित घरमा पुगी हुलहुजत गरी बहिनीलाई अस्पताल लगेका थिए । रमेशले बहिनीलाई नारायणी अस्पतालमा लगी भर्ना गरी प्रहरी, समाजिक अभियान्ता र अधिकारर्कीलाई खबर गरी दाइजोको कारण कुटपिट भएको आरोप लगाएका छन ।

उपचारको लागि नारायणी अस्पताल भर्ना गरिएको भनिएको रंजुको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । रंजुको अवस्था समान्य रहेको र २ दिन पहिला नै उनलाई डिस्चार्ज गरिए पनि उनका परिवारजनले जबरजस्ती अस्पताल मै राखेको मेडिकल अर्वाडका इन्चार्ज रामेश्वर पटेलले वताए ।

बिहिबारको झगडा पश्चात ३ पटक पंचायती समेत बसिसकेको गोबिन्दका भाई हनुमान गुप्ताले वताए । झगडा मिलाउन बस्ने गरेको पंचायतीमा रंजुका भाई अशोकले २/४ किता घरजग्गा मरो बहिनीको नाम पहिला गर्नुस तब मात्र हामी मिल्ने भन्ने गरेको हनुमानले वताए ।

वीरगंजको २ किता जग्गा छोरा गोबिन्द र उसको श्रीमती रंजुको नाममा गरिदिने बुवा जोखुले भने पछि रंजुको माइती पक्षले अंश भर्पाई तोडनुस त्यस पछि मात्र लफडा समाप्त हुने भन्ने गरेको हनुमान वताउँछन । यता रंजुका भाई रमेश साहले हाम्रो समाज रहेको र समाजमा बसेर छलफल गरी निर्णय लिने कालिका टाइम्स संग फोन सम्पर्कमा कुरा गर्दै वताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...