Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वातावरण जिउने आधारकाे वेभसाईट मेयर सरावगीद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । वातावरण जिउने आधार (Living with Environment) नामक संस्थाले आइतबार आफ्नो वेभसाईटको सुरुवात गरेको छ । जिवन ज्योती माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रम बीच वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले वेभसाइटको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै नगरप्रमुख सरावगीले मानव सभ्यताको विकास नै नदी छेउबाट भएको भन्दै सिर्सिया नदीको सफाई अभियानमा आफ्नो सक्रिय भूमिका रहने बताउनु भयो । उद्योगहरुले फोहर पानी प्रशोधन नगरी सोझै नदीमा खसालेकोले समस्या बढेको वहाँको भनाई रहेको थियो ।

सिर्सिया सफाई अभियानको चौद सय करोडको प्रोजेक्ट छ सरकारको तर त्यसको डिपीआर अहिले सम्म तयार भएको छैन भन्दै मेयर सरावगीले सिर्सिया नदीसंगै सिंगहा नदीमा पनि प्रदुषण बढेर गएको चर्चा गर्दै नेशनल मेडिकल कलेजले आफ्नो फोहर त्यही फाल्ने गरेकोले त्यहाँ अम्लीय तत्व माटोमा बढेर गएको छ ।

वातावरण जिउने आधार (Living with Environment) का केन्द्रिय अधयक्ष आकाश चौहानको अधयक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्साका सभापति श्याम बञ्जारा लगायतकाहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा आकाश चौहानले सिर्सिया नदीको सफाई र आफ्नो वेभसाइटले कहाँ कसरी कुन जातको बिरुवा लगाउंदा फाइदा पुग्ने र फोहर व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी रहेको उल्लेख गर्नुभयो । सो कार्यक्रमको संचालन केन्द्रिय कोषाध्यक्ष्F रोशन पटेलले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन जिवन ज्योती बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक शिव गुप्ता गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...