Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

वातावरण जिउने आधारकाे वेभसाईट मेयर सरावगीद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । वातावरण जिउने आधार (Living with Environment) नामक संस्थाले आइतबार आफ्नो वेभसाईटको सुरुवात गरेको छ । जिवन ज्योती माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रम बीच वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले वेभसाइटको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै नगरप्रमुख सरावगीले मानव सभ्यताको विकास नै नदी छेउबाट भएको भन्दै सिर्सिया नदीको सफाई अभियानमा आफ्नो सक्रिय भूमिका रहने बताउनु भयो । उद्योगहरुले फोहर पानी प्रशोधन नगरी सोझै नदीमा खसालेकोले समस्या बढेको वहाँको भनाई रहेको थियो ।

सिर्सिया सफाई अभियानको चौद सय करोडको प्रोजेक्ट छ सरकारको तर त्यसको डिपीआर अहिले सम्म तयार भएको छैन भन्दै मेयर सरावगीले सिर्सिया नदीसंगै सिंगहा नदीमा पनि प्रदुषण बढेर गएको चर्चा गर्दै नेशनल मेडिकल कलेजले आफ्नो फोहर त्यही फाल्ने गरेकोले त्यहाँ अम्लीय तत्व माटोमा बढेर गएको छ ।

वातावरण जिउने आधार (Living with Environment) का केन्द्रिय अधयक्ष आकाश चौहानको अधयक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्साका सभापति श्याम बञ्जारा लगायतकाहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा आकाश चौहानले सिर्सिया नदीको सफाई र आफ्नो वेभसाइटले कहाँ कसरी कुन जातको बिरुवा लगाउंदा फाइदा पुग्ने र फोहर व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी रहेको उल्लेख गर्नुभयो । सो कार्यक्रमको संचालन केन्द्रिय कोषाध्यक्ष्F रोशन पटेलले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन जिवन ज्योती बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक शिव गुप्ता गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...