Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

विरोध गर्ने वडाध्यक्ष सहीतलाई थुन्न लगाएर मन्त्री सोनलले गरे धर्मशाला उदघाटन

spot_img
spot_img

बारा । बाराको परवानीपुर गाउँपालिका ५ नौतनमा निर्माण भएको धर्मशाला विवादका विच प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गरेका छन ।

वडाध्यक्ष रामेश्वर कलबार सहितको स्थानियहरुले धर्मशाला निर्माणमा अनियमितता भएको भन्दै विरोध गरे पछि प्रहरीले बल प्रयोग गरेर उदघाटन गराएको हो । उदघाटन कार्यक्रम विरोध गर्ने क्रममा वडाध्यक्ष सहित ७ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

गाउँपालिका अध्यक्ष हरिनारायण साहले जबरजस्ती धर्मशालाको उदघाटन गराउन खोजेपछि विरोध भएको थियो । मन्त्री सोनलले विरोधमा उत्रनेलाई पक्राउ गराएको स्थानीयको आरोप छ ।

विरोध गर्ने क्रममा तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडाअध्यक्ष कलबार, अनेरास्ववियु क्रान्तिकारीका नेता बिबेक गुप्ता, हरिशंकर गुप्ता र रुपेस गुप्ता लगायतकालाई प्रहरीले पक्राउ गरेको छ ।

धर्मशाला निर्माणका लागि ६२ लाख छुट्याइएको थियो । आधा रकम पनि खर्च नगरि निर्माणमा व्यापक अनियमितता गरेको भन्दै स्थानीयले उद्घाटन गर्न नदिने अडान राखेका थिए ।

धर्मशालाको उद्घाटन विहान ८ बजेका लागि तय गरिए पनि झडपको अवस्था आएपछि दिउँसो ३ बजेका लागि सरिएको थियो । झडप हुन नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...