Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

डेण्टल कलेजका विद्यार्थीहरु दोस्रो पटक कर्मचारीहरुलाई थुने

spot_img
spot_img

वीरगंज १९ साउन ।
वीरगंज छपकैया स्थित रहेको एम।बि। केडिया डेण्टल कलेजका विद्यार्थीहरु आईतबार दोस्रो पटक क्लेजका कर्मचारीहरुलाई थुनेका छन । क्लेज व्यवस्थापकले कर्मचारीलाई तलब नखुवाए पछि कर्मचारीहरु अध्ययन अध्ययापन ठप्प पारे पछि आक्रोसित विद्यार्थीहरु कर्मचारीहरुलाई कोठा मै थुनेका हुन ।
वर्ष पिछे क्लेज व्यावस्थापकको लपर्वाहीले अध्ययन अध्यापन प्रभावित हुने गरेका कारण बाध्य भएर विद्यार्थीहरु कर्मचारीहरुलाई क्याम्पसको प्रशासन शाखा बन्द गरी बाहिर प्रदर्शन गरेका हुन ।
कलेजमा कार्यरत कर्मचारीहरुलाई विगत ५ देखी १३ महिना सम्म व्यवस्थापन पक्षले तलब उपलब्ध नगराएपछि कर्मचारीले कलेजको आकस्मीक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा छन । कर्मचारीहरुको आन्दोलनले गर्दा पढाइ नै प्रभावित भएपछि बाध्य भएर कर्मचारीहरुलाई नै थुन्नु परेको विद्यार्थीहरुले वताएका छन ।
‘हामी १८ देखि २० लाख रुपैयाँ तिरेर पढिरहेका छौं । तर व्यवस्थापन पक्षको लापरवाहीले हाम्रो पढाई प्रभावित बनेको छ ।’ एक विद्यार्थीले गुनासो पोखे ।
नियमित पढाई सुचारु हुनुपर्ने माग राखेर आफूहरु आन्दोलनमा उत्रिदा व्यवस्थापन पक्षले पैसाको प्रलोभन देखाएर प्रहरी प्रशासन लगाएर दमन गर्ने प्रयास गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...