Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सरसफाई तथा महिनवारी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

spot_img
spot_img

वीरगंज । किशोरीहरूको ब्यक्तिगत सरसफाइ तथा महिनवारी ब्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग र नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको आयोजनामा वीरगन्ज महानगरपालिकाको वडा नं. ३१ भेडियाहीमा भएको कार्यक्रम सम्पन्न भएको हो । लालिगुराश किशोरी संवाद संजालकी अध्यक्ष आशिका गौरोको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडा सचिव सोनम खड्काले गरेकी थिइन ।

श्री सर्धा आधारभुत विद्यालय भेडियाहीमा भएको कार्यक्रममा विद्यालयका प्रअ रामअयोध्या प्रसाद, संवाद सहयोग समितिका अध्यक्ष मुरमती देवी, सलमुन खातुन, सोनम गौरो लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा लालपर्सा स्वास्थ्य चौकीका प्रमुख अनिशकान्त कुशवाहा, भेडियाही स्वास्थ्य चौकीका प्रमुख अमहद रेजा अन्सारी र सोही स्वास्थ्य चोकीकी अनमी लक्ष्मी अचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ५५ जना सहभागी किशोरीहरुलाई सेनेटरी पैड समेत वितरण गरिएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले जानकारी गराए । कार्यक्रमा वोल्दै वडा सचिव खड्कीले महिनवारीको समयमा महिलाहरुले पलिस्टर कपडा प्रयोग गर्नु नहुने र प्याड नभएको अवस्थामा सुतिको कपडा प्रयोग गर्नु पर्ने वताएकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...