Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेली कल्याण समाजकाे ४ गापामा समिति गठन

spot_img
spot_img

बीरगन्ज । पर्साको सखुवा प्रसौनी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकामा शनिबार सम्पन्न छुटाछुटै भेलाले तेली कल्याण समितिको गाउँपालिका स्तरीय कमिटी गठन भएको छ ।

सखुवाप्रसौनीको महुवन स्थित स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भेलामा तेली कल्याण समितिका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, जिल्ला अध्यक्ष ध्रुव साह, तेली कल्याण समाजका असर्फि साह, दिनानाथ साहको विशेष उपस्थितिमा गाउँपालिका स्तरीय समिति गठन भएको हो ।

शिव कुमार साहको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा चन्दनकुमार साह, कोषाध्यक्षमा शिवकुमार साह तेली, सचिवमा विशेश्वर प्रसाद साह तेली, सहसचिवमा रामबाबु साह तेली र सदस्यहरुमा धर्मराज साह तेली, अशोक साह, लालबहादुर साह, विजा साह, हजारी साह, अनिल कुमार साह रहनु भएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा जदु प्रसादसाह, झोटी साह, लालाबाबु साह, शम्भु साह, कन्हैया प्रसाद साह,भागिरथ साह, मातृका साह रहनु भएको छ ।

त्यसैगरी आजै पटेर्वासुगौली गाउँपालिका मा सम्पन्न तेली कल्याण समाजको गाउस्तरीय भेलाले वृजेश कुमार साह तेलीको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा नन्दु साह , सचिवमा शम्भु साह तेली, सहसचिवमा रमेश साह तेली, कोषाध्यक्षमा प्रमोद साह तेली र सदस्यमा जोगेन्द्र साह, असर्फि साह, मुक्ति साह, किशोरी साह, राजदेव साह रहनु भएको छ ।

भेलामा सखुवाप्रसौनी तथा पटेर्वा सुगौलीका सयौंका संख्यामा तेली समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी तेली कल्याण समाज जिराभवानी गाउँपालिकामा आज सम्पन्न भेलाले राजेश्वर साह तेलीले अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।

समाजको उपाध्यक्षमा लक्ष्मी साह तेली, सचिवमा जोगेन्द्र साह तेली, कोषाध्यक्षमा शम्भु साह तेली, सहसचिवमा मेघराज साह तेली र सदस्यहरुमा विरेन्द्र साह तेली, बुधन साह तेली, नथुनी साह तेली, किशोरी साह तेली, रामायण साह तेली, त्यसैगरी आजै जगरनाथपुर गाउँपालिकामा समेत तेली कल्याण समाजको भेलाले मनोज साह तेलीको अध्यक्षतामा गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा अनिल साह तेली, सचिवमा बुधराम साह तेली, कोषाध्यक्षमा छोटेलाल साह तेली, सहसचिवमा विजय साह तेली लगायतका रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...