Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

तेली कल्याण समाजकाे ४ गापामा समिति गठन

spot_img
spot_img

बीरगन्ज । पर्साको सखुवा प्रसौनी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकामा शनिबार सम्पन्न छुटाछुटै भेलाले तेली कल्याण समितिको गाउँपालिका स्तरीय कमिटी गठन भएको छ ।

सखुवाप्रसौनीको महुवन स्थित स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भेलामा तेली कल्याण समितिका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, जिल्ला अध्यक्ष ध्रुव साह, तेली कल्याण समाजका असर्फि साह, दिनानाथ साहको विशेष उपस्थितिमा गाउँपालिका स्तरीय समिति गठन भएको हो ।

शिव कुमार साहको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा चन्दनकुमार साह, कोषाध्यक्षमा शिवकुमार साह तेली, सचिवमा विशेश्वर प्रसाद साह तेली, सहसचिवमा रामबाबु साह तेली र सदस्यहरुमा धर्मराज साह तेली, अशोक साह, लालबहादुर साह, विजा साह, हजारी साह, अनिल कुमार साह रहनु भएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा जदु प्रसादसाह, झोटी साह, लालाबाबु साह, शम्भु साह, कन्हैया प्रसाद साह,भागिरथ साह, मातृका साह रहनु भएको छ ।

त्यसैगरी आजै पटेर्वासुगौली गाउँपालिका मा सम्पन्न तेली कल्याण समाजको गाउस्तरीय भेलाले वृजेश कुमार साह तेलीको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा नन्दु साह , सचिवमा शम्भु साह तेली, सहसचिवमा रमेश साह तेली, कोषाध्यक्षमा प्रमोद साह तेली र सदस्यमा जोगेन्द्र साह, असर्फि साह, मुक्ति साह, किशोरी साह, राजदेव साह रहनु भएको छ ।

भेलामा सखुवाप्रसौनी तथा पटेर्वा सुगौलीका सयौंका संख्यामा तेली समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी तेली कल्याण समाज जिराभवानी गाउँपालिकामा आज सम्पन्न भेलाले राजेश्वर साह तेलीले अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।

समाजको उपाध्यक्षमा लक्ष्मी साह तेली, सचिवमा जोगेन्द्र साह तेली, कोषाध्यक्षमा शम्भु साह तेली, सहसचिवमा मेघराज साह तेली र सदस्यहरुमा विरेन्द्र साह तेली, बुधन साह तेली, नथुनी साह तेली, किशोरी साह तेली, रामायण साह तेली, त्यसैगरी आजै जगरनाथपुर गाउँपालिकामा समेत तेली कल्याण समाजको भेलाले मनोज साह तेलीको अध्यक्षतामा गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा अनिल साह तेली, सचिवमा बुधराम साह तेली, कोषाध्यक्षमा छोटेलाल साह तेली, सहसचिवमा विजय साह तेली लगायतका रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...