Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रहरी गस्तीमा कमी आए पछि वीरगन्जमा चोरीको घटना वृद्धि

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा चोरीको घटनामा वृद्धि भएको छ । चोरीको घटनामा बृद्धि भए पनि पर्सा प्रहरीले चोरहरुलाई प्रकाउ गर्न सकेको छैन । रातीको समयमा प्रहरीको गस्तीमा कमी आए पछि चोरीको घटनामा वृद्धि भएको नगर वासीहरुको गुनासो छ ।

पछिलो एक सातामा वीरगन्ज बजारमा चोरीको घटना बढेको हो । एक सत्ता भित्र आधा दर्जन  चोरीको घटना भएको बुझिएको छ । चोरीको घटना बढेपछि अहिले वीरगन्जका ब्यपारी पर्सा प्रहरीले दिएको शान्ती सुरक्षा माथी प्रशन खडा गरेका छन ।

वीरगन्ज महानगरपालिकाको वडा नं. ११ रानीघाट स्थित डाक्टर अगेन्द्र यादवको क्लिनिक नजिक रहेको मुन्ना ज्वेलर्समा शुक्रबार राती चोरी भएको छ । मुन्ना ज्वेलर्स सुनचाँदी पसलबाट २ सय ग्राम सुन, दश किलो चाँदी र एक लाख ५० हजार नगद रुपैया चोरी भएको ज्वेलर्सका संचालनक मुना साह सोनारले बताए ।

चोरहरुले छत माथीबाट पसलको पछाडी रहेको भेन्टिलेसन फुटाई पसलमा प्रवेश गरि २२ लाख बराबरको चोरी गरेका छन । पलसमा रहेको सिसि केमरा चोरीहरुले फोडेर चोरीका गरेका छन भने सिसी केमराको एलसिडिमा तेजाब खन्याई दिएका छन ।

चोहरुले रानीघाट कै प्रकाश पुस्तक पसल र नागेश्वर चौधरीको पसलमा चोरी गर्न प्रयास गरे पनि विफल भएको पाइएको छ ।
केही दिन पहिला वीरगन्ज लिन्क रोड स्थित कुम्भु होटल नजिक रहेको एक बैट्री पसलमा, आर्दशनर गिता मन्दिर नजिक रहेको पेन्ट पसल, रानीघाट एउटा घरमा लगायतका ठाउँमा चोरी भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...