Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

केडिया डेन्टल क्लेजका विद्यार्थीहरुले कर्मचारीलाई थुने पनि व्यवस्थापन पक्ष आएन

spot_img
spot_img

वीरगन्ज । एम.बी केडिया डेन्टल क्लेज वीरगन्ज छपकैयाका विद्यार्थीहरुले क्लेजमा कार्यरत कर्मचारीलाई शुक्रबार थुनेका छन् । कर्मचारीहरुको आन्दोलनले पढाइ प्राभावित भएपछि क्लेजमा कार्यरत २५ जनाभन्दा बढी कर्मचारीहरुलाई एउटा कोठामा लगेर थुनेका हुन् ।

कलेजमा कार्यरत कर्मचारीहरु विगत १२ महिनादेखि व्यवस्थापन पक्षले तलब उपलब्ध नगराएपछि आक्रोशित कर्मचारीले कलेजको आकस्मीक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका हुन् । कर्मचारीहरुको आन्दोलनले गर्दा पढाइ नै प्रभावित भएपछि बाध्य भएर कर्मचारीहरुलाई नै थुन्नु परेको विद्यार्थीहरुको भनाई छ ।

‘हामी १८ देखि २० लाख रुपैयाँ तिरेर पढिरहेका छौं । तर व्यवस्थापन पक्षको लापरवाहीले कर्मचारीहरु आन्दोलनमा उत्रेकाले हाम्रो पढाइमा प्रभाव परेको छ ।’ कलेजमा अध्यक्षरत एकजना छात्रले नाम नबताउने शर्तमा भन्ने, ‘व्यवस्थापन पक्षलाई समस्याको समाधान गर्न अनुरोध गर्दा समेत कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।’

नियमित पढाई सुचारु हुनुपर्ने माग राखेर आफूहरु आन्दोलनमा उत्रिदा व्यवस्थापन पक्षले पैसाको पावरमा देखाएर प्रहरी प्रशासन लगाएर दम गर्ने प्रयास भइरहेको समेत विद्यार्थीहरुले गुनासो गरेका छन् । समस्या समाधानका निम्ति व्यवस्थापन पक्षका राजेश केडियालाई बोलाउँन आग्रह गर्दा पनि प्रहरीले जबरजस्ती बल प्रयोग गरी ढोकामा लगाएको ताल्चा फोडेको छ भने आन्दोलित विद्यार्थीहरुलाई कलेको गेट बाहिर निकालिएको छ ।

कलेको परिसर पुगेका सचारकर्मीहरुले घटनाको फोटो खिच्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले बल प्रयोग गरि क्यामरा बन्द गराएको थियो । कलेजमा कार्यरत १० जना चिकित्सकलाई १२ महिना, १५ जना कार्यरत शिक्षकलाई ६ महिना र २५ जना कार्यरत कर्मचारीलाई ५ महिनादेखि व्यवस्थापन पक्षले तलब दिएको छैन ।

समयमै तलब नदिएपछि कलेजमा कार्यरत कर्मचारीहरुले आकस्मिक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेर शान्तिपूर्ण आन्दोलन शुरु गरेका हुन् । हामीलाई समयमा तलब दिएको छैन, नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध एमबी केडिया डेन्टल कालेजका एकाई समितिका अध्यक्ष उपेन्द्र यादवले भने, ‘तलब अभावका कारण हातमुख जोर्न गाह्रो परिरहेको छ । तर, व्यवस्थापन पक्षले कुनै सुनवाइ गरेको छैन ।’

उनले भने, ‘पैसाको अभावमा छोराछोरीहरुको पढाई शुल्क, घरभाडा, उपचार जस्ता अति आवश्यक खर्चको लागि समस्या भएको र दैनिक अवस्था विग्रदै गएको छ ।’

तलब उपलब्ध गराउन व्यवस्थापन पक्षसँग कुरा गर्दा पटकपटक आश्वासन मात्र दिने गरेका छन् । तर, तलब भत्ता भने दिएका छैनन् ।’ उनले भने, ‘व्यवस्थापन पक्षको लापरवाही बारे श्रम तथा रोजगार कार्यालय पर्सामा समेत लिखित पत्रचार गर्दा समेत कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौं ।’

साउन १२ गतेदेखि नै एक सुत्रिय तलब भत्ता भुक्तानी यथाशिघ्र गर्नुपर्ने माग गर्दै पहिलो चरण शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै आन्दोलनमा उत्रेका हुन् भने माग सुनवाई नभएपछि साउन १९ गतेदेखि दोश्रो चरणको आन्दोलनको घोषणा गरी कडा रुपमा प्रस्तुत हुने कर्मचारीहरुले चेतावनी समेत दिएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...