Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

क्यान फेडेरेसनले २ करोड बराबरको छात्रवृति प्रदान गर्ने

spot_img
spot_img

वीरगंज, १७ साउन ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्सा (क्यान फेडेरेसन)को प्रदेश स्तरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले शुक्रबार वीरगंज स्थित होटल भिस्वामा आयोजना गरी वित्तिय समावेशीकरणबारे जानकारी दिँदै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पान्समा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै भने हालको समयमा हुने विकासमा आईटीको ठुलो भूमी रहेको र आईटीको सहयोगले आज विश्व आफ्नै हाथमा रहेको मोबाईमै र्हेन भएको बताए ।
’आईटीको सहयोले नेपालमा देखिएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठुलो भूमिका खेलिरहेको र, सरकारले अहिले सानाकार्य देखि ठुलो कार्य समेतमा आईटीको प्रयोगमा भइरहेको जानकारी दिए ।
कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रहबर अन्सारीले भने नेपालमा हाल सम्म आईटीको पूर्ण रुपले प्रयोग नभईरहेको कारण यसलाई सबैको पहुचका लागी सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।
क्यान फेडेरेसन पर्साका अध्यक्ष आलोक चौरसियाले क्यान फेडेरेसनले सरकार डिजिटल नेपाल बनाउने सपनामा टेवा पु¥याउन ठुलो सहयोग गरिरहेको बताए । एसिया प्यासिफिक युनिभरसिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट मान्यता प्राप्त नेपालको पहिलो इञ्जिनियरिङ्ग कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको सहयोगमा क्यान फेडेरेसनले नेपालका ७ वटै प्रदेशहरुमा ४९ विद्यार्थीहरुलाई १ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको छात्रावृति प्रदान गरिने र छात्रावृति अनतर्गत हरेक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृति र बाकी ४२ जनालाई आंसिक छात्रवृति प्रदान समेत गरीने चौरसीयाले जानकारी दिए । उनले फिमेल मेरिट आईटी स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्राहरुलाई छात्रवृति प्रदान गरिने छ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तिनजनाका दरले २१ जानलाई छात्रवृति प्रदान गरिने जानकारी गराए । उनले क्यान फेडेरेसनले सुरु गरेको फिमेल मेरिट स्कलरसिपबाट प्रदेश सरकारले सुरु गरेको बेटी बेचाओ बेटी पढाओ कार्यकर्ममा समेत बल पु¥याउने बताए ।
कार्यक्रमका प्रशिक्षक क्यान फेडेरेसनका कार्यकारी सदस्य विक्रम श्रेष्ठले वित्तिय समावेशीकरणमा आईटीको महत्वा बारे प्रतुतिकरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...