Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि पर्साका राजन श्रीवास्तव छनोट

spot_img
spot_img

काठमाडौ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि युवाको छनोट गरेको छ । अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा यही साउन २७ गते यो पुरस्कार प्रदान गरिने छ ।

विभिन्न विधामा योगदान पु¥याएका नौ जना युवा र युवाका क्षेत्रमा क्रियाशील दुईवटा संस्था पुरस्कारका लागि छनोट भएका छन् । मन्त्रालयले हरेक वर्ष राष्ट्रिय रूपमा योगदान पु¥याएका उदाहरणीय युवा र संस्थालाई सम्मान गर्ने गरेको छ ।

यस वर्षको राष्ट्रिय युवा प्रतिभा स्वयंसेवा विधामा पर्साका राजनकुमार श्रीवास्तव छनोट भएका छन । राष्ट्रिय युवा प्रतिभा विज्ञान प्रविधितर्फ गणेशविक्रम सिंह आले (तेह्रथुम) र यज्ञप्रसाद देवकोटा (जुम्ला)लाई संयुक्त रूपमा, मार्सल रोका (दाङ), सुमन पौडेल (कैलाली)लाई प्रदान गरिएको छ ।

यसैगरी उद्यमशीलतातर्फ व्यक्तिका रूपमा माला थापामगर (ललितपुर) र सृजना सोती (नवलपरासी) छनोट भएका छन ।
कला संस्कृति विधामा स्वजन रघुवंशी (ललितपुर), कृषितर्फ टोपलाल विक (बर्दिया) र प्रतिभा पुरस्कारका लागि दुईवटा संस्था छनोटमा परेका छन् ।

शिक्षातर्फ नेत्रहीन युवा सङ्घ नेपाल (सुकेधारा, काठमाडौँ) र उद्यमशीलता संस्था इप्सा नेपाल (तारकेश्वर, काठमाडौँ) छनोट गरिएको हो ।

रेडक्रस सोसाइटी पर्सामा कार्यरत श्रीवास्तवले आकस्मिक रूपमा आइपर्ने रगत सङ्कलन गरेर उनले हजारौँ गर्भवती र जोखिमपूर्ण अवस्थाका बिरामीको जीवन बचाएका छन । विपद्ममा राहत र उद्धारमा पनि श्रीवास्तवले सक्रियताका साथ जुट्ने गर्छन र किशोरीका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन गर्ने गरेकाले छनौटमा परेको जनाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी सुशीला अर्यालले युवा प्रतिभाको छनोटका लागि मन्त्रालयले विज्ञ समूह बनाएको जानकारी दिँदै आवेदन दिएका र सिफारिस भएका मध्येबाट विज्ञ समूहले छनोट गरी अन्तिम रूप दिइएको बताए ।

छनोट भएका युवा र संस्थाले पुरस्कार नपाउनुपर्ने कुनै कारण भए मङ्गलबारसम्म उजुरी दर्ता गराउन मन्त्रालयले सूचना गरेको थियो । छनोट भएकाउपर कुनै उजुरी नपरेको जानकारी उनले गराए ।

उजुरी नपरेका कारण यो नामावली अन्तिम भएको हो । पुरस्कारका लागि योग्य युवालाई जसले पनि सिफारिस गर्न सक्ने र व्यक्ति स्वयंले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । छनोट भएकामध्येबाट युवा प्रतिभा सम्मान कार्य्विधि, २०७२ अनुसार छनोट गरिएको मन्त्रालयले जनाएका छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...