Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

भारतिय गाडी रोकी जबरजस्ती रकम असुल गर्ने गिरोह पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी पर्साले जबरजस्ती रकम असुल गर्ने गिरोह पक्राउ गरेको छ । वीरगंज ड्राईपोर्ट परवानीपुर सडक खण्डमा भारतीय गाडीबाट जबरजस्ती रकम असुल गर्ने तिन जनालाई आइतबार प्रहरीले पक्राउ गरेका हो ।

भारतिय नम्बरको गाडी रोकी विभिन्न वहाना बनाई जबरजस्ती रकम असुल गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं १७ आलांैका बर्ष ३४ का विजय प्रसाद यादव, बर्ष ३८ का प्रदिप कुमार गुप्ता र बर्ष ४४ का मजमिल मिंयालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेहरुबाट जबरजस्ती अशुल गरेको रकम १३ हजार ६ सय समेत बरामद भएको प्रहरीको भनाई छ । प्रकाउ परेका तिनै जना माथी सार्वजनिक शान्ति विरुद्धको कसुर (आवागमनमा वाधा) मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

घटनाको अनुसन्धानको क्रममा सोमबार वी.मा.न पा १७ बस्ने बर्ष २१ का रुपेश कुमार यादवलाई पनि प्रहरी पक्राउ गरेको छ । उनको साथबाट नेपाली रु २६ हजार ७ सय र भारतीया रु १६ हजार ५ सय बरामद भएको प्रहरी कार्यालयको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...