Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरिया नपाको नगर सभा सम्पन्न भएको भनिए पनि नभएको खुलासा

spot_img
spot_img

पर्सा । पोखरिया नगरपालिकाको नगर सभा सम्पन्न भइसकेको बाहिर भ्रम छरिए पनि हाल सम्म नगर सभा सम्पन्न नभएको रहस्य खुलेको छ ।
नगरपालिकाका १० वटा वडाका वडाध्यक्षहरुले आइतवार नगरपालिकामा संयुक्त रुपले हाल सम्म कुन कारणले नगर सभा हुन नसकेको र नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को आय व्यय मांग गरे पछि नगर सभा नभएको खुलासा भएको हो ।

नगरपालिकाका अन्तर्गतका सबै वडाका वडाध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गरी मेयर दीपनारायण रौनियार (मन्टु) संग आइतबार आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्र तय गर्न नगर सभा नहुनुको कारण र गत बर्ष हिसाबकिताब ३ दिन भित्र लिखित जानकारी गराइदिन मांग गरेका छन ।

मेयर रौनियारसंग हिसाबकिताब माग्दै जनप्रतिनिधिहरुले नै निवेदन दिएपछि पोखरीयको हविगत बारे सबैलाई जानकारी भएको छ । वडा अध्यक्षहरुका अनुसार पोखरीया नगरपालिकामा पछिल्लो पटक अनियमितता बढदै गएको र नगरपालिकालाई मेयर रौनियारले एकलौटी रुपमा चलाउन खोज्दा आर्थिक आय व्यय देखि अन्य कुरा पारदर्शी हुन नसकेको गुनसो गरेका छन् ।

यस बिषयमा पोखरीयाका मेयर रौनियारसंग फोन सम्पर्कमा कुरा गर्दा आफु काठमाण्डौंमा रहेकोले आफुलाई वडाध्यक्षहरुको लिखित निवेदन बारे थाह नभएको वताए । नगर सभा सम्पन्न भएको वताउदै उनले वडाध्यक्षहरुको एक÷एक करोडको अडानका कारण आ.व. २०७६/०७७ को बजेट तथा कार्यक्रम तय हुन नसेको स्वीकार गरे ।

उपमेयर सल्मा खातुनले नगर सभाको उदघाटन सत्र सम्पन्न भए पनि सभाले पूर्ण रुपले बजेट तथा कार्यक्रमको वाडफाड नगरेको वताइन । उनले भनिन्न ‘आफु पनि आइतबार बक्रइदले गर्दा नगरपालिकामा नरहेका कारण वडाध्यक्षहरुको लिखित निवेदन बारे थाह भएन’ । तर उनले हरहिसाब बारे थाह पाउनु जायज कुरा रहको प्रतिक्रिया दिइन ।

यता, पोखरीया नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीले आफु काठमाडौं रहेकोले हिजोको कसले के माग गर्दै निवेदन दिएको बारेमा जानकारी नभएको बताए । उनले चालु आवको लागि नगरपालिकाले करिब ३२ करोडको बजेट ल्याउने तयारी गरेकोमा नगरसभाबाट बजेट पारित हुन बाकी रहेको उनले स्पष्ट पारे । उनले अघिल्लो आव २०७५/०७६ को बजेटको हिसाब किताब बारे बोर्डको बैठक बसी हिसाब किताब वडा अध्यक्षहरुलाई जानकारी गराउने आवश्वासन दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...