Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पोखरिया नपाको नगर सभा सम्पन्न भएको भनिए पनि नभएको खुलासा

spot_img
spot_img

पर्सा । पोखरिया नगरपालिकाको नगर सभा सम्पन्न भइसकेको बाहिर भ्रम छरिए पनि हाल सम्म नगर सभा सम्पन्न नभएको रहस्य खुलेको छ ।
नगरपालिकाका १० वटा वडाका वडाध्यक्षहरुले आइतवार नगरपालिकामा संयुक्त रुपले हाल सम्म कुन कारणले नगर सभा हुन नसकेको र नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को आय व्यय मांग गरे पछि नगर सभा नभएको खुलासा भएको हो ।

नगरपालिकाका अन्तर्गतका सबै वडाका वडाध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गरी मेयर दीपनारायण रौनियार (मन्टु) संग आइतबार आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्र तय गर्न नगर सभा नहुनुको कारण र गत बर्ष हिसाबकिताब ३ दिन भित्र लिखित जानकारी गराइदिन मांग गरेका छन ।

मेयर रौनियारसंग हिसाबकिताब माग्दै जनप्रतिनिधिहरुले नै निवेदन दिएपछि पोखरीयको हविगत बारे सबैलाई जानकारी भएको छ । वडा अध्यक्षहरुका अनुसार पोखरीया नगरपालिकामा पछिल्लो पटक अनियमितता बढदै गएको र नगरपालिकालाई मेयर रौनियारले एकलौटी रुपमा चलाउन खोज्दा आर्थिक आय व्यय देखि अन्य कुरा पारदर्शी हुन नसकेको गुनसो गरेका छन् ।

यस बिषयमा पोखरीयाका मेयर रौनियारसंग फोन सम्पर्कमा कुरा गर्दा आफु काठमाण्डौंमा रहेकोले आफुलाई वडाध्यक्षहरुको लिखित निवेदन बारे थाह नभएको वताए । नगर सभा सम्पन्न भएको वताउदै उनले वडाध्यक्षहरुको एक÷एक करोडको अडानका कारण आ.व. २०७६/०७७ को बजेट तथा कार्यक्रम तय हुन नसेको स्वीकार गरे ।

उपमेयर सल्मा खातुनले नगर सभाको उदघाटन सत्र सम्पन्न भए पनि सभाले पूर्ण रुपले बजेट तथा कार्यक्रमको वाडफाड नगरेको वताइन । उनले भनिन्न ‘आफु पनि आइतबार बक्रइदले गर्दा नगरपालिकामा नरहेका कारण वडाध्यक्षहरुको लिखित निवेदन बारे थाह भएन’ । तर उनले हरहिसाब बारे थाह पाउनु जायज कुरा रहको प्रतिक्रिया दिइन ।

यता, पोखरीया नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीले आफु काठमाडौं रहेकोले हिजोको कसले के माग गर्दै निवेदन दिएको बारेमा जानकारी नभएको बताए । उनले चालु आवको लागि नगरपालिकाले करिब ३२ करोडको बजेट ल्याउने तयारी गरेकोमा नगरसभाबाट बजेट पारित हुन बाकी रहेको उनले स्पष्ट पारे । उनले अघिल्लो आव २०७५/०७६ को बजेटको हिसाब किताब बारे बोर्डको बैठक बसी हिसाब किताब वडा अध्यक्षहरुलाई जानकारी गराउने आवश्वासन दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...