Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

डाक्टरको कमिशन लोभमा सर्वसाधारणको जिवन संग खेलवाड

spot_img
spot_img

वीरगंज । डाक्टरको कमिशन लोभमा प्याथलोजी ल्याबको चरम लापर्वाहीले बिरामीको जिवन जोखिममा देखिएको छ ।
वीरगंज महानगरपालिकाको एक मात्र सरकारी नारायणि अस्पतालमा आइतबार उपचार गराउन पुगेका एक सेवाग्राहीको जिवन संग खेल्वाड भएको पाइएको छ ।

नारायणी अस्पताल पुगेका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुर बलुवा निवासी तारिफ हुसेनको छोराको उपचारमा कमिशन लोभमा प्याथलोजी ल्याबको लर्पाहीले खेल्वाड भएको हो ।

सेवाग्रही हुसेन आइतबार आफु अस्पताल इमेरजेन्सी वार्डमा आफ्नो अढाई बर्षको छोरा सदरा इमानको उपचार गराउन डा. अशोक कुशवाहा कहां पुगेका थिए । डा. कुशवाहाले छोराको खुन, पिसाब चेकप गराउन पुर्जीमा लेखी मा. अम्बे प्याथलोजीमा जान पठाएको बिरामीका बुवा हुसेनले वताए ।

आफु मा. अम्बे प्याथलोजी ल्याबमा पुग्दा एक÷दुई मिन्ट मै छोराको खुन, पिसाबको चेकजांचको रिपोर्ट ल्याबका संचालक संजय पटेलले दिएको उनले वताए । उनले भने ‘सो रिपोर्ट ल्याएर डा. कुशवाहालाई देखाउदा छोरालाई टाइफाइड भएको वताउदै ओषधी लेखिदिनु भयो । तर त्यो रिपोर्टमा आफ्नो चित नबुझे पछि पुनः नारायाणी अस्पतालको ल्याबमा खुन, पिसाब चेकअप गराएको वताए । जुन रिपोर्ट अनुसार छोराई टाइफाईड भएको रहेनछ’ ।

दुबै रोपोर्ट लिएर डा. कुशवाहा कहां पुनः पुग्दा उहांले हला नगर्नुस मैले खुन पिसाबको चेकअप वापतको रकम फिर्ता गराई दिने भनेको वताए । त्यसपछि डा. कुशवाहले पुर्जी मै लेखि दिएको अधारमा मा. अम्बे प्याथलोजी ल्याबवाला कहां मैले तिरेको रु ११ सय फिर्ता गरिदिएको सेवाग्रही हुसेनले वताए ।

औषधी समेत खरिद गरि सकेका बिरामी बालकका बुवा हुसेनले कालिका टाइम्स संग कुरा गर्दै भने ‘डाक्टर साहबहरु माथी कसरी विश्वास गर्ने, विहान १० बजे छोराको उपचारको लागि अस्पताल पुगे पनि साझ ४ बजी सक्यो उपचार भएन । खुन, पिसाबको रिपोर्ट नै फरक फरक आएको रहेछ, कुन रिपोर्टलाई सही मान्ने र कुनलाई गलत छुट्याउनै ग्राहोे भयो’ ।

बुझनु पर्ने कुरा त यो छ, डाक्टर साहबले नारायणी अस्पतालमा प्याथलोजी ल्याब हुदा हुदा पनि बाहिरको निजी ल्याबमा खुन, पिसाब चेकअपको लागि किन पेठाउनु भयो ? अस्पताल बाहिर पठाउनुको पिछे कमिशनको लोभ रहेको प्रष्ट नै छ । अक्रो कुरा ठिक छ डाक्टर साहेबले बाहिर पठाउनु भयो तर रिपोर्ट नै दुईटा फरक फरक आए पछि फेरी अक्रो ल्याबमा बिरामीको खुन, पिसाब चेकअप गराउनु पर्ने थियो ।

तेस्रो ठाउँमा चेकअपको रिपोर्ट आइसकेपछि कसको रिपोर्ट गलत र कसको सही थाह हुने थियो । तर त्यस्तो उहांले गर्नु भएन त्यसले डाक्टर साहबको ल्याबवाला संगको मिलोमतो प्रमाणि भएको र उहांले ल्याबको बचाउ गर्नु भएको अस्पतालमा जम्मा भएको सेवाग्राहीको आरोप समेत थियो ।

अक्रो कुरा सेवाग्राही हुसेनले छोराको खुन, पिसाब दुई ठाउँमा नदेखाएको भए डाक्टरको मिलोमतोमा हुने प्याथलोजी ल्याबवालाहरुको करतुत थाह हुने थिएन । रिपोर्ट नै फरक फरक आए पछि सेवाग्राहीको स्वास्थ्य संग खेलवाड भएको बारे पनि प्रष्ट हुन्छ । डाक्टर अशोक कुश्वाहा के कति इमन्दार र के कति आफ्नो पेशा प्रति वफादार रहेको बारे यहि घटनाले प्रष्ट पार्दछ ।

नारायणि उपक्षेत्रिय अस्पताल वीरगंजको कमिसनखोरीको बिषय कुनै नवलो कुरो होइन । नारायणि उपक्षेत्रिय अस्पताल वीरगंजमा यस्ता घटनाहरुको बिषयमा दिनदिनै संचार माध्यममा आएको हेरिन्छ । तर तलदेखी माथिल्लो निकायसम्म कमिसनखोरीको चक्करमा आखामा तेल हालेर बसेका छन् ।

तराईको अधिकांश जिल्लाहरुबाट उपचार गराउन आउने सेवाग्राहीको जिउधनबाट खेलवाड गर्ने त्यस्ता प्याथोलोजी र त्यस्ता डाक्टरहरु माथि कारवाही हुन जरुरी देखिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...