Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बाढी प्रभावितको राहतको लागि नेकपा पर्साले पार्टी पङ्गतीलाई परिचालन गर्ने

spot_img
spot_img

वीरगंज, १३ साउन ।
नेपाल कम्युनिस्ट पार्टी पर्सा कार्यालयको आज बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष प्रभु हाजाराको अध्यक्षता र केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठक सम्पन्न भएको हो ।

बैठकले बाढी प्रभावित क्षेत्रको पहिचान र राहतको लागि सम्पूर्ण पार्टी पङ्गती लाई परिचालन गर्ने, क्षतिपूर्ति रेकर्ड संकलन र भोलि मंगलबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको प्रदेश सदस्य तथा पर्सा कार्यालय सदस्य रामबाबु बैठाले जानकारी दिए ।

पार्टी कार्यालयमा बसेको बैठकमा केन्द्रिय सदस्य दिनेश राई, पर्साका प्रदेश कमिटी सदस्य, गाउँपालिका र नगरपालिका प्रमुखहरु लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...