Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

प्रधानमन्त्रीको सदा जिवन र जनताको पहुंच भए मात्र समाजवाद : प्रदिप गिरी

वीरगंज, ११ साउन ।
नेपालमा समाजवाद अलमलमा परेको नेपाली कांग्रेसका नेता प्रदिप गिरीले वताएका छन । वीरगंज नगर सभा गृहमा आयोजित नेपालमा समाजवाद बिषयक बिमर्श कार्यक्रममा वोल्दै गिरीले ओली, प्रचण्ड, बाबुराम र शेरबहादुरको अलग अलग समाजवादका कारण अलमल श्रृजना भएको वताए ।

- Advertisement -

३७ औं वि.पि. स्मृति दिवस र ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै उनले भने ‘आफु प्रधानमन्त्री भए क्रान्ति पुरा भयो, प्रति व्यक्ति माथी ऋण बढी रहेको छ, समाज त्यहांको त्यही छ’ । त्यही भएर अब पार्टी बलियो बनाउन कुरा सिधेको छ ।

चुनाव जितेर गए पनि पार्टीको आगे नचलेको उनको भनाई थियो । उनले भने ‘अहिलेको आवश्यकता नागरिक समाज बलियो बनाउनु रहेको छ’ । लाखौं, करोडौं खर्च गरेर सांसद बन्ने र भोली अशुली गर्ने संसदिय व्यवस्था विफल बनाउनमा नागरिक समाज पनि जिम्मेवार रहेको छ ।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेता गिरीले देश बनाउने बेलामा हजारौं जनता सडकमा निस्कने र चुनाव जित्ने जो बढी खर्च गर्यो त्यहीले नयाँ मोड सृजना भएको गिरीले वताए । अहिले नयाँ क्रान्तिको आवश्यकता रहेको उनको भनाई थियो । अहिले सांसदहरु त् परिवर्तन भए तर अवस्था भएन उनको भनाई थियो ।

उनले भने अहिले पनि जनतालाई प्रहरी, प्रशासन संग डर्नु परेको छ, नेताहरु जनता मैत्री भएका छैनन्, विदेश जाने रफतार त्यस्तै छ, त्यही भएर यो समाजवाद हुनै सक्दैन । प्रधानमन्त्रीको सदा जिवन भए, जनता कार्यकर्ताको पहुंच भए मात्र समाजवाद हुने थियो उनको भनाई थियो ।

कार्यक्रमका सहभागिहरुलाई लक्ष्ति गर्दै उनले भने ‘राजनितिक तपाईको ठाउँबाट गर्ने हस्तक्षेप हो तर अहिले राजनितिकको नाममा भागबन्डा भएको छ’ । ५ बर्षमा भोट दिएर र १० बर्षमा आन्दोलन गरेर समाजवाद नहुने उनको भनाई थियो ।

दुःख, सुख समान हुनु नै समाजवाद : नेता भुषाल

पाठशाला वीरगंज अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा वोल्दै अर्का वक्ता नेकपाका नेता घनश्याम भुषालले दुःख, सुख समान हुनु नै समाजवाद भएको वताए । अहिलेको समस्या दलाल पुंजिवाद भएको वताउदै उनले रेमिटान्समा देश चलेको वताए । उनले नेताहरु, प्रहरी अधिकृतहरु, न्याधिशहरु, प्रशासकहरु पुंजिवादको गठबन्धनहरु भित्र रहेको वताए । उनले भने ‘कमिशन मात्र खाने, न्याधिश खरिद गर्ने र घुस खोरी समाजवाद हुनै सक्दैन’ ।

अहिलकोे अर्थतन्त्र श्रमजिवीलाई श्रमजिवी बनाउने रहेको समेत उनको भनाई थियो । दलाल पुंजिवाद राष्ट्रिय पुजिवाद सम्म नआए विकास नहुने उनले धारणा राखे । जित्न सक्ने व्यक्ति पार्टीहरु खोजेर टिकट दिनु परेको वताउदै उनले त्यस प्रक्रियाबाट समाजवादको प्रतिनिधित्व नहुने वताए । हालको परिपाटीले कुनै पनि हालतमा समृद्धि नआउने संघिय सांसद समेत रहेका नेता भुषालको भनाई थियो । पार्टीहरुले पनि सार्वजनिक सुनवाई गर्नु पर्ने धारणा राखे ।

नेताहरुले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु नहुने : नेता कार्की
अर्का वक्ता नेकपाका नेता राम कार्कीले कुनै पनि पार्टीका केन्द्रिय नेताहरुले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु नहुने धारणा राखे । नेताहरुको लगानीका कारण नै सामुदायिक शिक्षालयको स्तर घटेकोले लगानी गर्नेहरुलाई केन्द्रिय पदबाट हटाउनु पर्ने वताए । आफ्नो मुलुकमा काम गर्न नचाहनेहरुले अरुको देशमा गएर झाडु लगाउने, चर्पी साफ गर्ने गरेको वताए ।

विद्यार्थीहरुलाई सानै देखी काममा लगाउनु पर्ने धारणा उनले राखे । अहिलेका पार्टीहरु एकिकृत नभई एकल भएको वताउदै उनले त्यो समाजवाद हुनै नसक्ने वताए । कुनै पनि निति त्यस क्षेत्रका व्यक्तिहरु संग छलफल गरेर वनाए मात्र समाजवाद हुने र त्यसले मात्र समृद्ध आउन सक्ने उनको भनाई थियो ।

कृषकहरुलाई प्रमाण पत्र वितरण गर्नु पर्ने वताए । कम्तिमा ३ महिना अर्थात एक सय २० दिने कृषीमा काम गर्नेलाई प्रमाण पत्र वितरण गर्नु पर्ने धारणा राखे । कृषि बैंकले सहुलियत व्याजदरमा दिने ऋण नेताहरु मत्र पाएको वताउदै उनले त्यही भएर सर्टिफिकेट पाएकाको अधारमा ऋण दिनु पर्ने वताए ।

बैंकहरु सम्पती भएका धनीहरुलाई मात्र ऋण दिने गरेको र अधिकांश बैंक डुवाउने धनीहरु नै रहेको वताए । समाजवाद सिंहदरबारबाट पारसल गरेर आउन थोक नभएको उनको भनाई थियो । उनले भने ‘अहिले पार्टीहरुको बैठक नै बस्दैन, अध्यक्षहरुको निर्दैशन नै निर्णय हुन्छ , त्यो समावजाद हुनै सक्दैन’ ।

पाठशालाका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष बिरेन्द्र साहले गरेका थिए भने संचालन सचिव केशी लामिक्षानेले गरेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज सडक विस्तारबारे सांसद हरि पन्तको भावुक अपिल : “विकाससँगै पीडा पनि स्वाभाविक”

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजमा भइरहेको सडक विस्तार अभियानलाई लिएर आम नागरिकको पीडाप्रति सहानुभूति व्यक्त गरेका...

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा...

१०० रुपैयाँभन्दा बढी सामानमा कर लगाउने नियमविरुद्ध वीरगंज नाकामा धर्ना

वीरगंज । वीरगंज नाकास्थित शंकराचार्य प्रवेशद्वारमा जनअधिकार पार्टीले आइतबार धर्ना प्रदर्शन गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने...