Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

किशोरी शसक्तिकरणको सम्मपुर्ण जिम्मेवारी स्थानिय सरकारले लिनु पर्ने

spot_img
spot_img

वीरगंज, १० साउन ।
किशोरी शिक्षा र शसक्तिकरणको सम्पुर्ण जिम्मेवारी स्थानिय सरकारले लिनु पर्ने सरोकारवालाहरुले वताएका छन । बिरगंजको होटल कुमु प्यालेसमा शुक्रबार भएको किशोरी शसक्तिरणका लागी शिक्षा कार्यक्रमको जिल्ला स्तरिय सरसल्लाह तथा छलफल कार्यक्रमा सहभागि सरोकारवालाहरुले यस्तो वताएका हुन ।

भिएसओ नेपालको सहयोग र दिब्य युवा क्लबको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले किशोरीहरुलाई शसक्त बनाउन र शिक्षा पाउन सम्म बनाउन सम्मपुर्ण जिम्मेवारी जनप्रतिनिधीहरुले लिनु पर्ने कुरामा जोड दिइएका थिए । कार्यक्रममा परियोजना संयोजक गणेश बहादुर ठकुरीले प्रस्तुती मार्फत ४ बर्ष सम्म चल्ने कार्यक्रम जगरनाथपुर र धोबिनी गाउँपालिकामा १० वटा बिधालय र ३२ वटा ब्रिज कक्षा संचालन मार्फत ९ जना कर्मचारी मार्फत एक बर्ष देखी संचालन भइरहेको जानकारी गराए ।

संयोजक ठकुरीले प्रस्तुती गर्दै सिमांकृत र अपांग किशारीहरुका लागी बिधालयमा गृहकार्य र गुणस्तरिय शिक्षामा काम गरेको बताए । ३२ वटा ब्रिज कोर्समा ९ महिना सम्म पढाएर पुन बिधालय भर्ना गराउने कार्यक्रम उद्देश्य रहेको बताए । जगरनाथुर गाउँपालिकामा ६ सय ६५ जना र धोबिनी गाउँपालिकामा २ सय १३ जना लक्षित बर्ग रहेको वताए । जस मध्ये जगरनाथपुरमा कक्षा १ देखी ३ सम्म ३ सय ३३ जना र कक्षा ४ देखी ५ सम्म २ सय ८५ जना ड्रपआउट र १ सय १३ जना बिधालय नगएको रहेको उनले जानकारी गराए ।

यसै गरी धोबिनी गाउँपालिकामा कक्षा १ देखी ३ सम्म १ सय २६ जना र ४ देखी ५ सम्म ८४ जना ड्रपआउट भेटिएको बताए । दुईटै गाउँपालिकामा ५३ जना अपांग रहेको र ८ वटा कक्षा मार्फत पढाई भईरहेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साका प्रमुख, फत बहादुर श्रेष्ठ, धोबिनी गाउँपालिकाका उपाध्यक्ष पारस पटेल, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, जिल्ला वाल कल्याण पर्साकी प्रमुख साबित्री भण्डारी, वडाअध्यक्ष राजकिशोर पटेल लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...