Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

किशोरी शसक्तिकरणको सम्मपुर्ण जिम्मेवारी स्थानिय सरकारले लिनु पर्ने

spot_img
spot_img

वीरगंज, १० साउन ।
किशोरी शिक्षा र शसक्तिकरणको सम्पुर्ण जिम्मेवारी स्थानिय सरकारले लिनु पर्ने सरोकारवालाहरुले वताएका छन । बिरगंजको होटल कुमु प्यालेसमा शुक्रबार भएको किशोरी शसक्तिरणका लागी शिक्षा कार्यक्रमको जिल्ला स्तरिय सरसल्लाह तथा छलफल कार्यक्रमा सहभागि सरोकारवालाहरुले यस्तो वताएका हुन ।

भिएसओ नेपालको सहयोग र दिब्य युवा क्लबको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले किशोरीहरुलाई शसक्त बनाउन र शिक्षा पाउन सम्म बनाउन सम्मपुर्ण जिम्मेवारी जनप्रतिनिधीहरुले लिनु पर्ने कुरामा जोड दिइएका थिए । कार्यक्रममा परियोजना संयोजक गणेश बहादुर ठकुरीले प्रस्तुती मार्फत ४ बर्ष सम्म चल्ने कार्यक्रम जगरनाथपुर र धोबिनी गाउँपालिकामा १० वटा बिधालय र ३२ वटा ब्रिज कक्षा संचालन मार्फत ९ जना कर्मचारी मार्फत एक बर्ष देखी संचालन भइरहेको जानकारी गराए ।

संयोजक ठकुरीले प्रस्तुती गर्दै सिमांकृत र अपांग किशारीहरुका लागी बिधालयमा गृहकार्य र गुणस्तरिय शिक्षामा काम गरेको बताए । ३२ वटा ब्रिज कोर्समा ९ महिना सम्म पढाएर पुन बिधालय भर्ना गराउने कार्यक्रम उद्देश्य रहेको बताए । जगरनाथुर गाउँपालिकामा ६ सय ६५ जना र धोबिनी गाउँपालिकामा २ सय १३ जना लक्षित बर्ग रहेको वताए । जस मध्ये जगरनाथपुरमा कक्षा १ देखी ३ सम्म ३ सय ३३ जना र कक्षा ४ देखी ५ सम्म २ सय ८५ जना ड्रपआउट र १ सय १३ जना बिधालय नगएको रहेको उनले जानकारी गराए ।

यसै गरी धोबिनी गाउँपालिकामा कक्षा १ देखी ३ सम्म १ सय २६ जना र ४ देखी ५ सम्म ८४ जना ड्रपआउट भेटिएको बताए । दुईटै गाउँपालिकामा ५३ जना अपांग रहेको र ८ वटा कक्षा मार्फत पढाई भईरहेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साका प्रमुख, फत बहादुर श्रेष्ठ, धोबिनी गाउँपालिकाका उपाध्यक्ष पारस पटेल, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, जिल्ला वाल कल्याण पर्साकी प्रमुख साबित्री भण्डारी, वडाअध्यक्ष राजकिशोर पटेल लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...