Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

माफी मागे पछि विवाद सुल्झियो, कर्मचारी सुरक्षाको जिम्मा गापा अध्यक्षहरुले आफै लिए

spot_img
spot_img

वीरगंज : पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादव र लेखापाल अकलेश सहनी माथि भएको दुव्र्यवहारको विवाद सहमतीमा सुल्झिएको छ । दुरव्यहार गर्ने वडा अध्यक्ष लालबहादुर यादवले गल्ती भएको स्विकार्दै अब देखि यस्तो गल्ती नहुने भन्दै माफी मागे पछि विवाद सुलझेको निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरिले वताए ।

कर्मचारी सुरक्षाको जिम्मा पनि गाउँपालिका अध्यक्षहरुले आफै लिए पछि भोलि शुक्रबार देखि काममा फर्किने जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका गिरिले वताए ।

यस्तै पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज चौधरीलाई गोलि मार्ने धम्की दिनेले पनि माफी मागेका छ्न । जिल्ला प्रहरी कार्यालय पर्सामा भएको दुबै पक्ष बिच विभिन्न गाउँपालिकाका अध्यक्ष र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको उपस्तिथिमा लिखित सहमतिको आधारमा विवाद सुल्झेको हो ।

कर्मचारी माथी भएको दुव्र्यवहारको विरुद्धमा सोमबार देखि नै वीरगन्ज महानगरपालिका बाहेक सबै स्थानीय तहका कामकाज ठप्प पारी कर्मचारीहरु आन्दोलित भएका थिए । आज दुबै पक्ष बिच सहमति भए पछि भोलि देखि काममा फर्कने भएका छन ।

जिप्रकामा भएको छलफलमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, बिन्दवासनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, सखुवा प्रसौनीकि उपाध्यक्ष फुलमती चौधरी, प्रमुख प्रशासकिय अधिकृतहरु, केहि वडाध्यक्षहरु र विभिन्न स्थानिय तहको कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...