Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

माफी मागे पछि विवाद सुल्झियो, कर्मचारी सुरक्षाको जिम्मा गापा अध्यक्षहरुले आफै लिए

spot_img
spot_img

वीरगंज : पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादव र लेखापाल अकलेश सहनी माथि भएको दुव्र्यवहारको विवाद सहमतीमा सुल्झिएको छ । दुरव्यहार गर्ने वडा अध्यक्ष लालबहादुर यादवले गल्ती भएको स्विकार्दै अब देखि यस्तो गल्ती नहुने भन्दै माफी मागे पछि विवाद सुलझेको निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरिले वताए ।

कर्मचारी सुरक्षाको जिम्मा पनि गाउँपालिका अध्यक्षहरुले आफै लिए पछि भोलि शुक्रबार देखि काममा फर्किने जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका गिरिले वताए ।

यस्तै पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज चौधरीलाई गोलि मार्ने धम्की दिनेले पनि माफी मागेका छ्न । जिल्ला प्रहरी कार्यालय पर्सामा भएको दुबै पक्ष बिच विभिन्न गाउँपालिकाका अध्यक्ष र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको उपस्तिथिमा लिखित सहमतिको आधारमा विवाद सुल्झेको हो ।

कर्मचारी माथी भएको दुव्र्यवहारको विरुद्धमा सोमबार देखि नै वीरगन्ज महानगरपालिका बाहेक सबै स्थानीय तहका कामकाज ठप्प पारी कर्मचारीहरु आन्दोलित भएका थिए । आज दुबै पक्ष बिच सहमति भए पछि भोलि देखि काममा फर्कने भएका छन ।

जिप्रकामा भएको छलफलमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, बिन्दवासनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, सखुवा प्रसौनीकि उपाध्यक्ष फुलमती चौधरी, प्रमुख प्रशासकिय अधिकृतहरु, केहि वडाध्यक्षहरु र विभिन्न स्थानिय तहको कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...