Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

माछापुच्छ्रे बैंकमा खाता रहेको व्यक्तिलाई बयोधा अस्पतालमा छुट

spot_img
spot_img

वीरगंज ,६ साउन ।

 माछापुच्छ्रे बैंक मा खाता खोलेका सेवाग्राहि सर्वसाधारणले वीरगंजको गण्डकमा रहेको नारायणी वयोधा अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पताल विच आज भएको सहमति अनुसार माछापुच्छ्रे बैंक मा खाता रहेका सेवाग्राहि, माछापुच्छ्रे बैंक को डेविट, क्रेडिट र प्रिपेड कार्ड लिएका सेवाग्राहि, बैंकको शेयरधनी, बैंकका कर्मचारी र तिनका आश्रीत परिवारले अस्पतालको विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका हुन् ।

माछापुच्छ्रे बैंक र अस्पताल विच भएको सहमतिअनुसार बैंकका ग्राहक र बैंक कर्मचारी सहित आश्रीत परिवारले बेड चार्ज, प्रयोगशाला, एक्सरे, मुटुरोग, चिकित्सक सेवा शुल्क र स्वास्थ्य परिक्षणमा १० प्रतिशत छुट पाउने माछापुच्छ्रे बैंक वीरगंज शाखाका कर्मचारी शुदर्शन अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै उल्लेखीत मापदण्ड पुरा गरेका बैंकका सदस्यले अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा वीरगंज र सिमराको विचमा आवश्यक पर्ने एम्बुलेन्स सेवा समेत निशुल्क पाउने भएका छन् । बैंकले आफ्ना सेवाग्राहि र सर्वसाधारणका लागि विभिन्न समयमा आयोजना गर्ने स्वास्थ्य सचेतना कार्यक्रममा पनि अस्पतालले सहकार्य गर्ने भएको हो ।

सेवाग्राहि सर्वसाधारणको विभिन्न रिस्कलाई सम्बोधन गर्दै आएको माछापुच्छ्रे बैंक ले सेवाग्राहि को स्वास्थ्य संवेदनशिलता लाई ध्यानमा राख्दै यस्तो सम्झौता गरीएको माछापुच्छ्रे बैंक को वीरगंज शाखा को प्रमुख दिलीप बराल ले जानकारी दिनुभयो । सम्झौतामा अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक डा. रजनिश भारती तथा माछापुच्छ्रे बैंक को तर्फ बाट प्रदेश नं. २ का प्रमुख लिलाराम थापा ले हस्ताक्षर गरेका छन् । समझौता कार्यक्रम मा नारायणी बयोधा अस्पताल का अपरेसन मैनेजर सैलेन्द्र सिंह, मार्केटिग्ङ हेड दिपेन्द्र श्रेष्ठ, इमालुल हक अंसारी को विशेष उपस्थिति रहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...