Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

कालिकामाई गाउपालिकामा रहेको एक बिधालय बन्द हुने अवस्थामा

spot_img
spot_img

वीरगंज,५ साउन ।
पर्सा जिल्लाको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय बन्द हुने भएको छ ।विगतका दिन देखी कालिकामाई गाउपालिकाको वडा नम्बर ४ प्रशुरामपुरमा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय बन्द हुने अवस्थामा रहेको बिधालय ब्यवस्थापन समितीका अध्यक्ष वकिल मियाले आरोप लगाएका छन् ।

बिधालयमा अध्ययन अध्यापन गराउनका लागी शिक्षक नै नभए पछि सयौ बिधार्थीहरुको भविष्यमाथी खेलवाड भएको बताए ।शिक्षक नभएको कारण शिक्षणको गुणस्तर घटाउनु भन्दा बिधालय नै बन्द गर्दा बेस हुने अध्यक्ष मियाले आफनो तर्क सार्वजनिक गर्नु भएको छ ।

मियाका अनुसार कालिकामाई गाउपालिकाको अध्यक्ष नथुनी कुश्वाहा संग शिक्षक परिपुर्तीका लागी कुरा राख्दा मलाई केही जानकारी नरहेको जवाफ दिदै भने शिक्षाबाट बंचित हुने बिधार्थीहरुको भविष्य प्रति जनप्रतिनिधी सचेत नरहेको मियाले आरोप लगाउनु भएको छ । कक्षा ८ सम्म संचालनमा रहेको बिधालयमा जम्मा ४ जना शिक्षक रहेको थियो ।

एक मात्र राहत दरबन्दी रहेको र सो शिक्षकलाई पनि सरुवाका लागी गाउपालिकाले सहम्मती दिए पछि अब जम्मा ३ जना शिक्षक रहेको जानकारी मियाले दिनु भएको छ । अब ३ जना शिक्षक संग बिधालयमा रहेका कक्षा १ देखी ८ सम्मका सयौ बिधार्थीहरु पढन नसक्ने भएकोले बिधालय नै बन्द गर्दा रामा्रे हुने मियाले आका्रेस पोखेका छन ।

शिक्षक पदपुर्तीका बिषयमा गाउपालिका अध्यक्ष कुश्वाहाले कुरा नै सुन्न नचाहेको बिधालय ब्यवस्थापन समितीका अध्यक्ष वकिल मियाले बताउनु भएको छ । यसै गरी कालिकामाई गाउपालिकाको श्री सुकई साह माध्यमिक बिधालयलाई स्तरउन्नतकिा लागी सो गाउका संघसंस्था लगायत बिभिन्न पार्टीका प्रतिनिीधी, शिक्षक, बुद्धिजीवीहरु, स्थानिय भद्रभलादमी , अभिभावकहरु बिभिन्न किसिम्मका दबाव सृजना गरे पनि आज सम्म पलस टुको अनुमती गाउपालिकाले नदिएको स्थानिय अभिभावक जमिर मियाले बताउनु भएको छ । बिधालय ब्यवस्थापन समिती, वडाअध्यक्ष, गाउका स्थानिय अभिभावकहरुले हस्ताक्षर र सिफारिस गरे पनि गाउपालिकाले पलस टुको अनुमती नदिएको प्रध्यानाध्यापक रामबालक चौरसियाले बताउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...