Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

नयाँ कर नीतिविरुद्ध वीरगंजका व्यवसायी आन्दोलित

spot_img
spot_img

वीरगंज,५ साउन ।
वीरगंजका व्यवसायी आन्दोलित भएका छन् । सरकारले लागू गरेको नयाँ कर नीतिविरुद्ध उद्योगी व्यवसायी तथा आमजनतामा प्रत्यक्ष असर हुने भएकोमा वीरगंजका उद्योगी व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । सरकारले साउन १ गतेदेखि लागू गरेको ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’लगायतका कर सम्बन्धि नयाँ नीति नियमको विरुद्धमा आइतबार
वीरगंज उद्योग वाणिज्य संघले आह्वान गरेको विरोध कार्यक्रममा वीरगंजका व्यवसायी तथा मालबाहक यातायात व्यवसायीहरुले एक्यबद्धता जनाउँदै विरोध जुलुस प्रदर्शन गरेका छन् ।
विरोध जुलुसमा सहभागिहरुले भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम चरणबद्ध रुपमा लागू गर, अव्यवहारिक नयाँ कर नीति, ढुवानीमा लगाइएको भ्याट, कामदारमाथिको अव्यवहारिक, बैंक खाता मार्फत पारिश्रमिक भुक्तानी व्यवस्था खारेजीलगायत अंकित नारासहितका प्लेकार्ड बोकेका थिए ।
संघको कार्यालयबाट निकालिएको जुलुसमा अलखियामठ, आर्दशनगर, माईस्थान हुँदै घण्टाघर चौकमा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै संघका केन्द्रिय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष अशोक टेमानीले विदेशीको ईसारामा सरकारले ल्याएको नयाँ कर नीतिले यहाँका उद्योग व्यापारलाई धरासायी बनाउँने काम भएको आरोप लगाए ।
कोणसभामा अर्का केन्द्रिय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष गणेश लाठले सरकारलाई सडकको मात्रै आवाज सुन्ने बानी परेको भन्दै नीजि क्षेत्रको मागको तत्काल सुनुवाइ नभए भन्सार नाकामै धर्ना दिएर मुलुकको आर्थिक गतिविधि ठप्प पार्ने चेतावनी दिए ।
संघका पूर्व अध्यक्ष ओम प्रकाश सिकारिया सरकारले व्यवसायी वर्गमा कानुन परिपालना गर्ने कर्मचारी जस्तो बोझ लाद्ने काम मात्र भइरहेको बताए । नयाँ नीति कारण अहिले व्यापारीहरु कर्मचारी जस्तो भएका छन् ।
अहिलेको सरकार, नीजि क्षेत्रमाथि अव्यवहारिक कर र ऐनको बोझ थोपरेर उद्योग व्यपारलाइ धरासायी बनाउने षड्यन्त्रमा लागेको भन्दै सरकारले आफ्नो निर्णय नसच्याए मुलुकको ८० प्रतिशत उद्योग व्यवसाय बन्द हुने संघका जिल्ला अध्यक्ष गोपाल केडियाले चेतावनी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...