Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

उज्यालो वीरगञ्ज बनाउन सधै प्रयत्नशील रहने छु—सांसद यादव

spot_img
spot_img

वीरगञ्ज,२ साउन ।
समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले वीरगञ्जलाई उज्यालो बनाउन सधै प्रयत्नशील रहने बताउनु भएको छ ।

सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदीप यादवको संसदीय कोषबाट निर्माण गरी वीरगञ्जको सौन्दर्यकरणमा पहिलो पटक प्रयोगमा लयाईएको टावर लाईटको एक कार्यक्रमका विच सांसद यादवले लाइटको स्वीच अन गरेर सुभारम्भ गर्नु भयो ।

टावर लाईटको उद्धघाटन गर्दै सांसद यादवले देशको प्रमुख प्रवेश द्वार एवं मधेश जन—आन्दोलन लगायत विभिन्न पहिचान र सामाजिक न्यायको आन्दोलनहरुको केन्द्रको रुपमा रहेको वीरगंजको घण्टाघरलाई अंध्यारोमा देख्दा कता न कता मन पिरोली रहेको थियो ।

त्यसलाई मेटाउन नसकिए पनि वीरगंजलाई अरु जिल्लाहरु सँग जोड़ने र व्यापारी मार्गको केन्द्रमा रहेको प्रतिमा चौक  टावर लाइट जडान गरी समुद्धघाटन गरिएको हो ।

प्रतिमा चौकसँग आँखा जुदाएर शहीदहरुको शहादतको परिणाम दिलाउने वाचा पनि गरेको छु सांसद यादवले भने । म यो टावर लाइटहरुलाई विकासको कार्य नसम्झेर विकास प्रतिको पाइलाहरुलाई उज्यालो दिने एउटा साधनको रूपमा देखेको छु ।

मलाई विश्वास छ तपाई सम्पूर्ण पर्सावासीले यो साधन प्रति अपनत्व महसुस गरी यसको संरक्षन गर्नुहुन्छ सांसद यादवले विश्वास व्यक्त गर्नु भयो । वीरगंजलाई उज्यालोमय बनाउन दुई ठाउमा १२ मिटरको उचाइमा लगाइएको पावर लाईटले एक किलो मिटर सम्मको क्षेत्रलाई उज्यालोमय बनाउनेछ ।

पावर लाईट आज देखीनै सञ्चालनमा आएको छ । वीरगञ्ज लगाएत आसपासका क्षेत्रलाई उज्यालोमय बनाउन बसपार्क, नगवा, परवानीपुर, मिलनचौक लगाएतका ठाउहरुमा समेत पावरलाईट जडान गर्ने योजना रहेको सांसद यादवले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...