Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

उज्यालो वीरगञ्ज बनाउन सधै प्रयत्नशील रहने छु—सांसद यादव

spot_img
spot_img

वीरगञ्ज,२ साउन ।
समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले वीरगञ्जलाई उज्यालो बनाउन सधै प्रयत्नशील रहने बताउनु भएको छ ।

सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदीप यादवको संसदीय कोषबाट निर्माण गरी वीरगञ्जको सौन्दर्यकरणमा पहिलो पटक प्रयोगमा लयाईएको टावर लाईटको एक कार्यक्रमका विच सांसद यादवले लाइटको स्वीच अन गरेर सुभारम्भ गर्नु भयो ।

टावर लाईटको उद्धघाटन गर्दै सांसद यादवले देशको प्रमुख प्रवेश द्वार एवं मधेश जन—आन्दोलन लगायत विभिन्न पहिचान र सामाजिक न्यायको आन्दोलनहरुको केन्द्रको रुपमा रहेको वीरगंजको घण्टाघरलाई अंध्यारोमा देख्दा कता न कता मन पिरोली रहेको थियो ।

त्यसलाई मेटाउन नसकिए पनि वीरगंजलाई अरु जिल्लाहरु सँग जोड़ने र व्यापारी मार्गको केन्द्रमा रहेको प्रतिमा चौक  टावर लाइट जडान गरी समुद्धघाटन गरिएको हो ।

प्रतिमा चौकसँग आँखा जुदाएर शहीदहरुको शहादतको परिणाम दिलाउने वाचा पनि गरेको छु सांसद यादवले भने । म यो टावर लाइटहरुलाई विकासको कार्य नसम्झेर विकास प्रतिको पाइलाहरुलाई उज्यालो दिने एउटा साधनको रूपमा देखेको छु ।

मलाई विश्वास छ तपाई सम्पूर्ण पर्सावासीले यो साधन प्रति अपनत्व महसुस गरी यसको संरक्षन गर्नुहुन्छ सांसद यादवले विश्वास व्यक्त गर्नु भयो । वीरगंजलाई उज्यालोमय बनाउन दुई ठाउमा १२ मिटरको उचाइमा लगाइएको पावर लाईटले एक किलो मिटर सम्मको क्षेत्रलाई उज्यालोमय बनाउनेछ ।

पावर लाईट आज देखीनै सञ्चालनमा आएको छ । वीरगञ्ज लगाएत आसपासका क्षेत्रलाई उज्यालोमय बनाउन बसपार्क, नगवा, परवानीपुर, मिलनचौक लगाएतका ठाउहरुमा समेत पावरलाईट जडान गर्ने योजना रहेको सांसद यादवले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...