Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

एक करोड रुपैयाँ लागतमा निर्माणधिन मुसहर वस्तीका घरका छाना समान्य हवाले उडयो

spot_img
spot_img

वीरगंज,३१ असार ।
वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारीमा निर्माण कार्य पुरा नहुँद मुसहर वस्तीका घरका छाना समान्य हवाले उडएको छ । पाँच महिना पहिले मुसहरहरूलाई लक्षीत गरी नयाँ घर निर्माण कार्य गरिएको घरका छाना उडाएको हो ।

घर निर्माणमा प्रयोग हुने समाग्रीमा गुणस्तर हिन भएको कारण सोमबार सांझाको समान्य हवाले निर्माणधिन बस्तिको करकटका छाना उडाएको हो ।
घरमै सांझा परिवार सँग बसी रहेका बेला आएको समान्य हवाबाट घरको छान उडेपछि ज्यान जोगाउन घर छाडी भागनु परेको अकलु माझीले बताए ।

पटक पटक निर्माण कार्यमा ठेक्दारले लापरवाही गरी रहेको भनि रहदा कसैको ध्यान नपुगेको कारण आज यो दिन देख्न पाइएको छ । कमसल समाग्रिको प्रयोग भएको र कतै छड प्रयोग नभएकोले घरको छाना उडाएको सो वडाका वडा सदस्य मुनेश यादवले जानकारी दिनुभयो ।यो निर्माण भइरहेको घर मुसहरुका लागि असरक्षित रहेको दावी गर्दै यादवले घर निर्माणको डिजाइन मै कमजोरी रहेको बताउनु भयो ।
घर निर्माणको डिजाइनमा छडको प्रयोग उलेख नभएको कराण निर्माण कार्य कमजोर भएको ठेक्दारका प्रतिनिधी मनोज साहले बताए । हावा हुरी र वर्षाको कारण निर्माण अधुरै रहेको र यस बिच हवापानी आएपछि घरको छानो उडेको साहले दावी गर्नुभयोे । खरको झुप्रोमा बस्दै आएका मुसहरहरूलाई लक्षीत गरी नयाँ पक्की घरमा बस्न पाउने योजनाका साथ ४२ घरपरिवारलाई लक्षित गरी एक करोड रुपैयाँ लागतमा फागुन १ गते नमूना मुसहर बस्तीको शीलन्याश पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले गरेका थिए ।

नमूना मुसहरवस्ती निर्माणका लागि सांसद यादवको निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार कोषबाट ७० लाख रुपैयाँ र वीरगंज महानगपालिकाबाट ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो । शीलन्याश गरिएको नमूना मुसहर वस्तीको निर्माण कार्य चालू आर्थिक वर्षको असार मसान्त भित्रै सक्ने लक्ष्य रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...