Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वर्षाको सम्भावना कायमै, बाढी-पहिरोले ७८ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं, असार ३१ गते । देशको पहाडी तथा तराईका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । फलस्वरुप देशका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराईमा बहने नदीहरुमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीनदिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने नेपाल बाढी सूचनाले जनाएको छ । आज पूर्वमा कन्काई, विरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा,मोहना, मछेलीका शाखा नदीहरूलगायत दाङ, बाँके, वर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोतरी, झापा, मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको सम्भावना रहेको छ ।

साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार भोलि साउन १ गते दिउँसो र राति देशभर सामान्य बदली भई वर्षा हुने सम्भावना छ । देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुनेछ । यस्तै, साउन २ गते दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा वर्षा हुने र राति देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ ।

बाढी-पहिरोका कारण ७८ जनाको मृत्यु

केही दिनदेखि अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन् । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ ।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिइएको छ ।
बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...