Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जिल्ला बिपद ब्यवस्थापन समितिकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगन्ज । जिल्ला बिपद ब्यवस्थापन समिति पर्साको आज बैठक सम्पन्न भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारि नारायण भट्टराईको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठक सम्पन्न भएको हो ।

बैठकमा बाढीले पर्साको विभिन्न स्थानीय तहमा धेरै घरहरु डुबानमा पर्नुका साथै भौतिक, धनमालको क्षति भएकोले प्रभावित स्थल अनुगमन गर्नका लागि नेपाल रेडक्र्सका स्वयंसेवक, नेपाल प्रहरिका प्रतिनिधिहरु, जिल्ला प्रशासनका प्रतिनिधि तथा स्थानीय प्रतिनिधिको रोहबरमा डाटा संकलन गर्ने छलफल भएको बैठकमा सहभागी रेडक्रसका राजन श्रीवास्तवले वताए ।

प्रभावित स्थलको अनुगमन गर्दा निष्पक्ष एवं आफ्नो इमानदारीपूर्वक मात्र डाटा संकलन गर्न प्रजिअ भट्टराईले निर्देशन दिए ।

उक्त छलफलमा सहायक प्रजिअ नेत्र शर्मा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त बराल, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, रेडक्र्सका प्रदेश नं. २ का अध्यक्ष फुलमहमद मियाँ, कोषाध्यक्ष महन्थ यादव लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...