Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

जिल्ला बिपद ब्यवस्थापन समितिकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगन्ज । जिल्ला बिपद ब्यवस्थापन समिति पर्साको आज बैठक सम्पन्न भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारि नारायण भट्टराईको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठक सम्पन्न भएको हो ।

बैठकमा बाढीले पर्साको विभिन्न स्थानीय तहमा धेरै घरहरु डुबानमा पर्नुका साथै भौतिक, धनमालको क्षति भएकोले प्रभावित स्थल अनुगमन गर्नका लागि नेपाल रेडक्र्सका स्वयंसेवक, नेपाल प्रहरिका प्रतिनिधिहरु, जिल्ला प्रशासनका प्रतिनिधि तथा स्थानीय प्रतिनिधिको रोहबरमा डाटा संकलन गर्ने छलफल भएको बैठकमा सहभागी रेडक्रसका राजन श्रीवास्तवले वताए ।

प्रभावित स्थलको अनुगमन गर्दा निष्पक्ष एवं आफ्नो इमानदारीपूर्वक मात्र डाटा संकलन गर्न प्रजिअ भट्टराईले निर्देशन दिए ।

उक्त छलफलमा सहायक प्रजिअ नेत्र शर्मा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त बराल, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, रेडक्र्सका प्रदेश नं. २ का अध्यक्ष फुलमहमद मियाँ, कोषाध्यक्ष महन्थ यादव लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको बहस फेरि सुरु

वीरगञ्ज । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ। सरकारले गत भदौ १ गते...

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौं...

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...