Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजमा थप एकको शव फेला, पर्सामा बाढीले मृत्युु हुनेको संख्या ३ पुग्यो

spot_img
spot_img

बिरगंज । बाढीले बगाउँदा आइतबारदेखि हराइरहेका वीरगञ्जका दुर्गा साह तुराहा मृत फेला परेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ खल्वाटोला सिर्सियाका ५० वर्षीय तुराहालाई आइतबार साँझ बाढीले बगाएको थियो ।

घर नजिकैको धारामा पानी लिन गएका तुराहा चिप्लिएर सिर्सिया खोलामा खसेका थिए । उनको घर सिर्सिया खोला किनारमै छ ।

बाढीले बगाएलगत्तैबाट खोजी सुरु गरिएको भए पनि सोमबार विहान वीरगञ्ज महानगरपालिका १ छपकैयाँ स्थित भकुवा नजिक सिर्सिया खोलामा तुराहाको शव फेला परेको ससस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिनुभयो ।

याे सहित पर्सामा बाढीले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...