Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

लोक सेवाको विज्ञापन रद्द गर्न मांग गर्दै मशाल जुलुश, साउन २ गते नेपाल बन्द

spot_img
spot_img

काठमाडौं । लोक सेवा आयोगको स्थानिय तहको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अनुरुप आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको छ ।

‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको नेपाल बन्दसहितको आन्दोलन अनुरुप आइतबार काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच सामान्य झडप पनि भएको थियो । प्रहरीले पटक–पटक मसाल जुलुस रोक्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको  थियो ।

सो क्रममा प्रहरीले चन्देश्वर दास नाम गरेका एक जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडी समेत कब्जा गरेको छ ।

आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित जुलुस निकालेका हुन् ।

शान्तिवाटिकामा आयोजित जुलुस समापन सभामा महासंघका अध्यक्ष जगत बरामले प्रहरीले नियन्त्रणमा लिएका चन्देश्वर दासलाई तत्काल रिहाई गर्न माग गरे । ‘रिहाई नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

उनले आरक्षणकै कोटामा प्रहरी भएर आरक्षणकै आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीको आलोचना गरे । उनले आन्दोलनमाथि दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने चेतावनी दिए ।

‘असार ३१ गते माइतीघरमा विशाल जनप्रंदर्शन गर्दैछौ,’ बरामले भने, ‘आन्दोलनमाथि प्रहरीले दमन गरे झगडा मात्रै होइन विस्फोट हुन्छ ।’

नेवा समुदायको तर्फबाट श्रीकृष्ण महर्जनले समापन सभामा बोलेका थिए । महर्जनले आरक्षणको आन्दोलनमा नेवा समुदायको पूर्ण रुपमा ऐक्यवद्धता रहेको बताए ।

‘नेवा समुदायको यो आन्दोलदनमा पूर्ण रुपमा ऐक्यवद्धता छ, हामी हजारौ मान्छे उतार्छौ,’ उनले भने, ‘हामी यो आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्छौ ।’

दलित समुदायको तर्फबाट बोल्दै बुद्धी नेपालीले आफूहरुको आन्दोलन संघीयता र समानुपातिक समावेशी पक्षधरको आन्दोलन भएको बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकारले देश चलाएको छ कि कर्मचारीले ? भन्दै प्रश्न गरे । उनले आयोगको विज्ञापन सच्याउन आग्रह गरे । ‘जबरजस्ती अघि बढ्न खोज्यौ भने परिस्थिति भयानक हुन्छ,’ उनले चेतावनी समेत दिए ।

मधेसीको तर्फबाट विकास ठाकुरले आइतबारको मसाल जुलुस आन्दोलनको कास्टिङ मात्रै भएको बताए । उनले आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित समुदायलाई वर्तमान सरकारले मुल धारमा आउनबाट रोक्ने प्रयास गरेको बताए । उनले भने, ‘तर अब हामी दास बन्ने छैनौ ।’

आन्दोलनकारीहरुले उपत्यकाको १७ ठाउँबाट एकसाथ मसाल जुलुस निकाल्ने बताए पनि उनीहरुले सुन्धाराबाट मात्रै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गर्ने भएपछि उनीहरुले आन्दोलनको रणनीतिअनुसार १७ ठाउँबाट मसाल जुलुस निकाल्ने प्रचार गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...