Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

विद्यालयमा तोडफोडबाट झण्डै डेढ लाख मूल्य बराबरको क्षति

spot_img
spot_img

वीरगंज,२५ असार ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा अज्ञात समूहले डेस्क बेञ्च तोडफोड गरेको छ । दोस्रो तलामा रहेको कक्षा ५ र ६ कोठाको डेस्क बेञ्च तोडफोड भएको हो । डेक्क बेञ्च तोडफोड गर्नुको सँगै केही थान माथिबाट तल फालेका छन् ।अज्ञात समूहले तल्लो तलाको एउटा झ्यालको पल्ला झिकिदिएका छन् भने ३५ थान डेस्क बेञ्च तोडफोड गरेका छन् ।तोडफोडबाट झण्डै डेढ लाख मूल्य बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक विजय पोखरेलले जानकारी दिनुभयो । विद्यालयमा ३ सय ५० जना विद्यार्थी भर्ना भएका छन् । डेस्क बेञ्च तोडफोड भएका कारण बुधबार विद्यालयमा बन्द भएको छ । यसअघि पनि बिद्यालयबाट पानी तान्ने मोटर र पंखा चोरी भइसकेको प्रधानाध्यापक पोखरेलले बताए । घटनास्थलको वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले अवलोकन गरेका थिए । विद्यालयको फर्निचर तोडफोड गर्ने कार्य एकदमै गलत भएको बताउदै भने विद्यालयका लागि १५ थान डेक्स बेञ्च दिन्छ ।’ तोडफोडबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...