Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

घरमा समय बिताइ राख्दा कृषकहरु चिन्तीत

spot_img
spot_img

वीरगंज, २३ आसार
पर्साका कृषकहरु आसार महिनामा चिन्तामा परेका छन । कृषकहरुको लागी आसार महिना खेतीपातीका लागी लगन जस्तो रहेको महिनामा पनि बसेर घरमा समय बिताइ राख्दा कृषकहरु झन चिन्तीत भएका छन । आसार महिनाको अन्तिम सातामा पनि पानी नपरेको र नहरको पानीबाट पनि सिचाई हुन नसक्दा सयौ किसानहरु पिडीत बन्नेका छन । त्यति मात्र होईन खेतीपातीका लागी चाहिने कम्पलेक्स मलको अभावले गर्दा पनि थप पिडा भोग्नु परेको पर्साका किसानहरु बताएका छन । पानी नपरेका कारण केही किसानले बोरिंग र पोखरीबाट सिचाई गर्न लाग्दा कम्पलेक्स मलको अभावले असाध्यै पिडा भोगिरहेको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीका सोहन साह कानुले बताएका छन । नेपाल कृर्षि प्रधान देश भएता पनि सिचाई र मलको अभाव हुनु दुखदाई भएको पर्साका बुद्धिजीवीहरु बताएका छन । कृषकहरुको उन्नतीका लागी स्थानिय सरकारले कदम नचालेको पनि स्थानियवासीहरु गुनासो गरेका छन । स्थानिय सरकारले कृर्षिका लागी बजेट बिनियोजन गरी सिचाई तथा मलको अभावलाई हटाए पर्साका कृषकहरु अगाडी बढन सजिलो हुन्थ्यो भने बिश्वास पकहामैनपुर गाउपालिका वडानम्बर १ धोरेका कृषक सुरेश मेहताले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...