Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

दुई दिने अभिमुखिकरण कार्यक्रम पर्सागढी नगरपालिकामा शुरु

spot_img
spot_img

बीरगंज, २३ अषाढ
पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा उत्पे्रणात्मक दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
पर्सागढी नगरपालिकाको सहयोग तथा टीम नेपाल पर्साको आयोजनामा नारी शिक्षा कार्यक्रम अन्तर्गत मानवता प्रर्बद्धन निम्ति सकारात्मक सोच विकास सम्बन्धि उत्पे्रणात्मक अभिमुखिकरण कार्यक्रम सोमबार देखी शुरु भएको छ ।पर्सा गढी नगरपालिकाका मेयर लोकनारायण यादवको प्रमुख आतिथ्यता तथा वडा नं ४ का वडाध्यक्ष सम्सुदिन साह देवानुको सभापतित्वमा अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नगरमा रहेका माध्यमिक तहमा अध्ययनरत छात्र छात्राहरुमा मानवता र नैतिकता र सकारात्मक सोचका विकासको निम्ति शुरु भएको हो । संचालित अभिमुखीकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल यादव, प्रअ रामबहादुर चौधरी, वडा सदस्य रामपाठक विशेष उपस्थिती रहेको थियो भने मानवसेवा आश्रमका दिवेश गुप्ताले सहजीकरण गरेका थिए । लागु औषद, दुब्र्यस्नी विरुद्ध युवा भूमिका, समाजिक कुरिती विरुद्ध हाम्रो भूमिका सम्बन्धि बाँकी रहेका यी शीर्षकाका कार्यक्रम पछि गरिने तराई सशक्तिकरण र जनचेतना अभियान नेपालका कार्यक्रम संयोजक सरोज चौरसियाले जानकारी दिए ।सो विच मानव सेवा आश्रमलाई नगद रु ३० हजार सहयोग तथा उपस्थित विद्यार्थीहरुलाई मानव सेवा आश्रममा अवलोकन भ्रमण गराउने जनाइएको छ । संचालित अभिमुखीकरण कार्यक्रममा ४५ जना विद्यार्थीहरुको सहभागितामा रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, आरिफ शाह अध्यक्ष

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...