Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

संघिय शिक्षक फोरमको नवगठित कार्य समिति बिघटन गर्न माग

spot_img
spot_img

वीरगंज १९ असार ।
संघीय शिक्षक फोरम नेपाल पर्साको नयाँ कार्य समिति चयन प्रति एक पक्षले बिरोध जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखामा आयोजित पत्रकार सम्मेलनमा शिक्षक फोरमको तेस्रो जिल्ला अधिवेशनबाट शिक्षक प्रतिनिधिहरुको भावना र बिचारलाई नजरअन्दाज गरी हैकम्बादी र मनोपोली ढंगबाट संघिय शिक्षक फोरमको नयाँ नेतृत्व चयन गरेको प्रति बिरोध जनाउदै सथप ग्रहण कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ वीरगंज महानगरपालिकाका सचिव दिनेश प्रसाद चौरसियाले संघीय शिक्षक फोरम नेपालको विधान बिपरित हरेन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा चयन गरिएको कार्य समिति प्रति ध्यनाकर्षण भएको जनाउदै तत्काल समिति बिघटन गर्न माग गर्नु भएको छ । नवगठित कार्य समिति बिघटन गरी नयाँ जिल्ला कार्य समिति गठन नभए आफ्नो पदिय दायित्वबाट सामुहिक रुपमा राजिनामा दिने चेतावनी दिदै चौरसियाले असार २० गते हुन लागेको सपथग्रहण कार्यक्रमलाई बहिस्कार गर्ने समेत जनाउनु भएको छ ।
चौरसियाकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघिय शिक्षक फोरम नेपाल जगरनाथपुर गा।पा। अध्यष बादसाह रौनियार, बिन्दवासिनी गा।पा। अध्यक्ष मुकलेश राउत गदी, जिल्ला कार्य समिति सदस्य चन्देश्वर ओझा, रामदेव महतो, पकहामैनपुर गा।पा। सचिव शेषनाथ साह, हामेश्वर द्विवेदी लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...