Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

बालविवाह रोकथाम दाईजो प्रथा न्युनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज १९ असार ।
नेपाल युवा परिषद पर्साको आयोजनामा आज बिन्दवासिनी गाउँपालिकाको वडा नं। २ र ३ मा बालविवाह रोकथाम दाईजो प्रथा न्युनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं। २ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिकाका उपप्रमुख किरण देवी गुप्ताले समाजमा छोरी चेलीहरुलाई बोझको रुपमा बुझने गर्नाले बालबिवाह गर्ने परम्परा बढदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । बालबिवाह तथा दाईजो प्रथाका कारण समाजमा विभिन्न किसिमका हिंसाहरु भईरहेकोले सोलाई न्युनिकरण तथा रोकथाम गर्न सर्वप्रथम आफुहरुबाट नै प्रयास गर्न सुझाव दिनु भएको थियो । उहाँले समाजमा दाईजोकै कारण विभिन्न किसिमका शारिरिक मानसिक यातना दिने, जिउदै जलाउने लगायतका जघन्य अपराधहरु भईरहेकोले त्यसलाई पूर्ण रुपमा हटाउन सबैको साथ र सहयोगको आवश्यक्ता रहेकोमा जोड दिनु भएको थियो ।
संस्थाका अध्यक्ष श्रवण प्र। साहको सभापतित्वमा छुट्टा छुटै रुपमा भएको कार्यक्रममा वडा नं। २ का वडा अध्यक्ष संजय चौहान, गाउँपालिकाकी मंजु कुमारी कायस्थ, वडा नं। ३ का वडा अध्यक्ष सलमा खातुन, वडा सदस्य कृष्णा राउत, दलित सदस्य जगतीय देवी, सञ्चारकर्मी संजिव मिश्रा, अजय चौरसिया लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी करिब ५५ जनालाई सुनिल प्रजापती, निपु गुप्ता, सुनिता देवी, प्रभु यादव लगायतकाले प्रशिक्षण दिनु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...