Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

बिन्दवासिनी गा.पा. वडा नं २ र ३ मा दलित वर्ग क्षमता विकास तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज १९ असार ।
न्यु फ्रेन्ड्स क्लब करैयामाई–८ बाराको आयोजनामा आज बिन्दवासिनी गाउँपालिकाको वडा नं २ र ३ मा दलित वर्ग क्षमता विकास तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपप्रमुख किरण देवी गुप्ताले हामी २१ औं शताब्दीको युगमा प्रवेश गरे पनि समाजमा अहिले पनि दलितहरु माथि विभेद भएको सुन्दा अत्यन्तै दुःख लाग्ने गरेको बताउनु भएको छ ।

दलिहरु माथि समाजमा हेर्ने दृष्टिकोण सुधार हुदै गए पनि कुनै कुनै स्थानमा अहिले पनि दलितलाई तल्लो दर्जाको नागरिक मान्ने गरिएकोले त्यस्ता विभेदहरुलाई हटाउन यो तालिम फलदायी हुने बताउनु भयो ।

उहाँले दलित वर्गमाथि छुवाछुत, भेदभाव गरेमा कानुन बमोजिम कारवाहि हुने र आफुहरुले पनि त्यस्ता अपराधिहरुलाई कानुनी कठघरामा उभ्यान हरसम्भव प्रयास गर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष राजेश कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष संजय चौहान, गाउँपालिकाकी मंजु कुमारी कायस्थ लगायतकाले तालिममा सिखेका ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिनु भएको थियो । यसैगरी वडा नं। ३ मा पनि दलित वर्ग क्षमता विकास तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजेश कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष सलमा खातुन, वडा सदस्य कृष्णा राउत, दलित सदस्य जगतीय देवी लगायतकाले तालिमका सफलताका शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी करिब ७० जनालाई बृजलाल पासवान, अनिल कुशवाहा, दिवाकर गुप्ता लगायतकाले प्रशिक्षण दिनु भएको थियो । यस अघि बिन्दवासिनी गाउँपालिकाको वडा नं १ र ५ मा पनि दलित वर्गको क्षमता विकास तालिम सम्पन्न भएको संस्थाका लुकमान मियाले जानकारी दिनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...