Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

राजस्व ठगी गरेको आरोपमा वीहीवार एक कम्पनीमा शिलबन्दी

spot_img
spot_img

वीरगंज १९ असार ।
स्थानीय प्रशासनद्धारा राजस्व ठगी गरेको आरोपमा वीहीवार एक कम्पनीमा शिलबन्दी गरेको छ । केवल संचालनको नाममा बीरगंजको गहवामा रहेको एच.डी.टेक्नोलोजी प्रा.ली.मा प्रशासनले छापामारी गरि शिलबन्दी गरेको हो ।
स्थानीय प्रशासनले छापामारी प्रशारण संस्थाको कन्ट्रोल रुपम रहेको संस्थामा शिलबन्दी गरि विभिन्न बैंकको ७ वटा चेक तथा अन्य कागजात नियन्त्रणमा लिएको छ ।
बीरगंज लगायत ग्रमीन क्षेत्रमा अनधिकृत रुपमा टिभी सेटअपबक्समा कार्ड नराखी टिभी च्यानल प्रशारण गरि आएको र राजस्व चुहावट गरेको आरोपमा पक्राउ गरेको हो।पक्राउ पर्नेमा प्रशारण संस्थाका संचालक बिजेन्द्र प्रसाद चौरसिया,युवराज भट्टराई र दिनेश कुम्हाललाई रहेको जल्ला प्रशासन कार्यालय पर्सा अधिकृत भानुभक्त बरालले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिए अधिकृत भानुभक्त बराल,जिल्ला हुलाक कार्यालयका सरोज प्रसाद पौडेल,आन्तरिक राजश्वकार्यालयका उदयराम केसी र जिल्ला प्रहरी कार्यालयका अजुन कुमार अधिकारीको सयुक्त टोलीले अवैध रुपमा केवुल प्रशारणको सूचना पाएको आधारमा छापामारी गरेको हो । विगत १ वर्ष देखि हाम्रो टिभी च्यानलको सेटपबक्स प्रयोग गरि मैक्स टिभी च्यानल प्रशारण गरी हजारौ ग्राहकसंग ३ सयको दरले पैसा उठाएर बिल समेत नदिई लाखौ रुपैया राजश्व चुहावट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...