Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

पकहामैनपुर गाउपालिकामा सडक निमाणमा भ्रस्टचार भईरहेको स्थानियको आरोप

spot_img
spot_img

प्रणय साह
वीरगंज,१६ असार ।
पर्साको पकहामैनपुर गाउपालिकामा अहिले असारे विकास लागी परेको छ ।गापालिकाको वडा नम्बर ५ सडक निमाणका लागी दिएको ठेककामा अनिमिकता देखिएको छ ।

वडा नम्बर ५का केहि स्थानीयलाई सडक निमाणमा भ्रस्टचार भईरहेको जिकिर गरेका छन् ।गाउपालिकाको सबैठवा वडा नम्बर ५का स्थानियवासिहरुले ठेकेदारले सडकमा गरेको निमाण तथा ग्रेभलिंगमा गिट्टीरबालुवाको मात्रा कम रहेको र माटो मात्र बढी रहेको आरोप लगाएका छन् ।

वडानम्बर ५ लक्ष्मीपुरको उतरपटि र गदियानी पोखरीयाको दक्षिणपटि रहेको रोडको बाटोमा ठेकेदारले मात्रै माटो खसालेको आरोप स्थानिय मुन्ना चौरसियाले बताएका छन । लगभग २ सय ५० मिटर सडकमा गरिएको ग्रेभलिंगमा बालु र ढुंगाको मात्रा कम रहेको र बढी मात्रामा बलौटे माटो रहेकोले ठेकेदारको भुक्तानी रोक्न समेत आग्रह गरिएको सोही वडाका वडासदस्य महेन्द्र रामले बताएका छन । ५ लाखको बजेट रहेको ग्रेभलिंगको भुक्तानी गाउपालिकाले दिए जिम्मेवारी गाउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले लिनु पर्ने मांग रहेको वडा सदस्य बिश्वनाथ चौरसियाले बताए ।

यस बिषयमा स्थानियवासीहरु सित बुझदा वडा अध्यक्ष लेकमन पटेलले पनि सडकमा खसालिएको ग्रेभलमा माटो नै माटो देखिएकोले कार्य सम्पन प्रतिवेदन नदिने प्रतिबद्धता गर्नु भएको स्थानिय मंजुर राउत गदीले बताए। विकासको काममा जनप्रतिनिधी भन्दा आमजनता चेतनशिल भए भ्रष्टाचारी हुनबाट जोगिने र विकासको काम पनि कमजोर नहुने कहामैनपुर गाउपालिका वडा नम्बर ५ का स्थानिय बुद्धिजीवीहरु बताए । पर्साको पकाहामैनपुर गाउँपालिकामा रोड ग्राभलिगको ठाउँमा माटो मात्र उछाएको भिटिएको सर्वसधारणहरुको गुनासो समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...