Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

कानुनी चेतना सम्बन्धी तालिम सम्मपन

spot_img
spot_img

वीरगंज,१४ आसार
पर्साको बिन्दासिनी गाउपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लब भेडिहारीको आयोजनामा बिन्दवासिनी गाउपालिकाको वडानम्बर १ देखी ५ सम्म बालविवाह न्युनिकरणका लागी कानुनी चेतना सम्बन्धी तालिम आज सम्म सम्मपन भएको छ । आज सोही गाउपालिकाको वडानम्बर १ गर्दौलमा वडा अध्यक्ष सागिरमा मियाको अध्यक्षतामा र गाउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्य सम्पन भएको हो ।

समापन समारोहमा बोल्दै उपाध्यक्ष गुप्ताले बालविवाहका कारणले महिलाहरुको हत्य हिंसामा बृद्धि भएको बताउनु भएको छ । बिन्दाविसनी गाउपालिकाकी उपाध्यक्ष किरण गुप्ताले अब जो कोई पनि वालविवाह गरे, गराए, दण्डजरिवाना र जेल जाने बताउनु भएको छ । समापन समारोहमा समाजिक विकास शाखा प्रमुख रामप्रबेश साह, सहायक रमेन्द्रनाथ तिवारी, वडासचिव बिरेन्द्र महतो लगायतकाले मन्तब्य राखेका थिए ।

यसै गरी आज वडानम्बर २ बहुअवर्वाभाटठामा वडाअध्यक्ष संजय चौहानको अध्यक्षतामा बालविवाह न्युनिकरणका लागी कानुनी चेतना सम्बन्धी तालिम सम्पन भएको छ ।

आषाढ ११ देखी शुरु भएको तालिम १ देखी ५ नम्बर वडा सम्म आज एक कार्यक्रमका बिच वडानम्बर १ गर्दौलमा समापन भएको हो । तालिममा प्रत्येक वडाका ३०–३० जनाको सहभागीता रहेको थियो । पाचै वटा वडामा अधिवक्ता रामनारायण कुर्मी, अधिवक्ता स्वेता सरित लगायत अन्य प्रशिक्षकहरुले प्रशिक्षण दिनु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...