Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

पटेर्वा सुगौलीको गाउँ सभा सप्पन्न, ३३ करोड बराबरको नीति तथा कार्यक्रम प्रस्तुत

spot_img
spot_img

वीरगंज, १० असार  ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम मंगलबार रु ३२ करोड ९४ लाख एक हजार ५ सय बराबरको प्रस्तुत गरिएको छ । नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु ९ करोड ५० लाख, राजश्व बाडफाडबाट रु ६ करोड ६८ लाख र सर्शत अनुदान अन्तर्गत रु ११ करोड ७६ लाखमा राष्ट्रिय ग्रामिण तथा नविकरणिय उर्जा कार्यक्रम रु ११ लाख ७५ हजार, कृषि विकास तर्फ रु १० लाख, पशु स्वास्थ्य, रोग अन्वेशण सेवा तथा प्रबर्द्धन कार्यक्रम रु ६ लाख ४५ हजार, खेलकुद बिकास कार्यक्रम रु एक लाख, शिक्षा तर्फ रु ८ करोड ७९ लाख ४ हजार, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम रु ६० लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले वताए ।

यस्तै स्वास्थ्य तर्फ प्राथमिक स्वास्थ्य, रोग नियन्त्रण, एकीकृत महिला स्वास्थ्य तथा प्रजनन कार्यक्रम, एकीकृत बाल स्वास्थ्य तथा पोषण कार्यक्रम, महामारी तथा रोग नियन्त्रण कार्यक्रम, अपांग तथा कुस्ठ रोग नियन्त्रण कार्यक्रम तर्फ रु २ करोड विनियोजन गरिएको उनले जानकारी गराए ।

गाउँपालिकाकी उप प्रमुख ममता महतोद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा २ नं. प्रदेश सरकारबाट बित्तिय समानिकरण तर्फ ६९ लाख ३७ हजार, विशेष अनुदान रु २० लाख, समपुरक अनुदान रु ३० लाख र सर्शत अनुदान रु ५० लाख रहेको छ भने युनिसेफ नेपालबाट स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि रु १० लाख ६४ हजार ५ सय विनियोजन गरिएको छ ।

यसका साथै गाउँपालिकाको आन्तरिक राजस्व रु ६० लाख र अन्य आय चालू आ. ब. बाट खर्च हुन नसकेको बाकी रु २ करोड ५० लाख गरि जम्मा रु ३२ करोड ९४ लाख एक हजार ५ सयको अनुमानित आय प्रस्तुत गरेको उप प्रमुख महतोले वताईन ।

त्यसै गरि अगामि आ. व. २०७६/०७७ को लागि प्राप्त हुने वित्तिय समानिकरण अनुदान, आन्तरिक राजश्व अन्य आयको रकमबाट वडा स्तरीय योजना कार्यक्रम संचालन गर्न रु ३ करोड, कृषि बिकास तर्फ रु एक करोड, पशु विकास तर्फ रु २५ लाख, स्वास्थ्य तर्फ रु ८० लाख, शिक्षा विकास तर्फ रु २ करोड, खेलकुद विकास तर्फ रु १० लाख, उर्जा तथा बाताबरण तर्फ रु २० लाख, सामाजिक विकास तर्फ रु एक करोड २५ लाख, विभिन्न कोषहरुको लागि रु एक करोड २५ लाख र गाउँपालिका स्तरीय पूर्वाधार विकास योजना कार्यक्रमको लागि रु ३ करोड २४ लाख ३७ हजारको अनुमानित बिनियोजन बजेट विनियोजन भएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख महतोले जानकारी गराईन ।

गाउँपालिका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा भएको नीति तथा प्रस्तुतिकरण कार्यक्रममा सम्पुर्ण गाउँ सभा सदस्य लगायत गाउँपालिका कर्मचारीहरुको सहभागिता रहेको थियो । गाउँ कार्यपालिकाको कार्यालयमा भएको कार्यक्रममा मुल नीति गाउँपालिका प्रमुख चौधरी र क्षेत्रगत तथा विषयगत नीति तथा कार्यक्रम उप प्रमुख महतोले प्रस्तुत गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...