Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दुःखद – मेयर सरावगी

spot_img
spot_img

वीरगंज,८असोज ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भारतबाट आयात हुनु घरमै उत्पादन हुने समान दुःखद भएको जानकारी गराएका छन् ।वीरगंजमा घरेलु तथा साना उद्योग कार्यालय पर्साद्धारा आयोजीत बजार मेला व्यवसायिक उत्सवको उद्घाटन समाहारोमा मेयर सरावगीले भने घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दःुखद भएको बताए ।

गृहणी महिलाले सीप सिकेर ‘घर घरमा उत्पादन हुन समान भारतबाट आयात भइरहेको तथा गृहणी महिलाले ‘घरमा काम गरिसकेपछि फुर्सदको समयमा काम गर्दा हुन्छ, उत्पादित समान कहाँ, कसरी बिक्री गर्ने भन्ने सवालमा घरेलु, उद्योग वाणिज्य संघ र महानगरपालिकाले समन्वय गरिदिनुपर्छ विषयमा जोड दिए ।’सीप सिकौं आत्मनिर्भर बनौं भन्ने नाराका साथ शुरु गरिएको मेला असार १२ गतेसम्म चल्ने घरेलु तथा साना उद्योग कार्यालयकी लेखा अधिकृत सरिता खड्काले बताईन् ।

मेलामा प्रजेक्ट प्रेमा एण्ड मार्ट, वुमन स्किल सेन्टर, चेली कृषि सहकारी संस्था, हिमोरा प्लाष्टिक उद्योग लगायतका संघ संस्थाका १० वटा स्टल राखिएको छ । मेलामा डल कुसन, महिलाले प्रयोग गर्ने विभिन्न सामाग्री, अचार, पापड, जुत्ता चप्पललगायतका हस्तकलाका सामाग्री प्रदर्शनीमा राखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय वीरगंजकी प्रमुख उद्योग अधिकृत रिमा साहले उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...