Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वन ब्यवस्थापन सम्बन्धी ४ दिने तालिम शुरु

spot_img
spot_img

वीरगंज,७ आसार ।
जिल्ला वन कार्यालय पर्साको आयोजनामा ४ दिने तालीम शुरु भएको छ । शनिवार देखी जिल्ला वन कार्यालय बिरगंज पर्साको सभाहालमा साझेदारी वन ब्यवस्थापन समितीहरुलाई वन ब्यवस्थापन सम्बन्धी ४ दिने तालिम शुरु भएको हो ।

पर्साका ३ वटा साझेदारी वन ब्यवस्थापन सबैया, बिन्दवासिनी र गादीमाईका ३० जनालाई कृष्णबहादुर भुजेलले प्रशिक्षण दिरहनु भएको छ । ४ दिने तालिमले पर्साका वनमा रहेका कुहेका, बागों, र उमेर पुगेकोलाई ब्यवस्थापन कसरी गर्ने, त्यसको अवधारणा, अभ्यास, निति नियम, बैज्ञानिक वन ब्यवस्थापनको प्रकृया, कार्ययोजना र कटान योजना बारे जानकारी दिने प्रशिक्षक भुजेलले बताउनु भएको छ । यसैगरी साझेदारी सदस्य तथा सहभागीहरुलाई पर्साको सबैया साझेदारी र बाराको वन साझेदारीमा भ्रमण पनि गराईने गादीमाई साझेदारीका संयोजक कृष्णमोहन यादवले बताएका छन ।

तराईमा १३ करोड घनमिटर वनजंगल रहे पनि आमजनताले वनको उपभोबाट बंचित रहेको छ । प्रदेशको जिम्मेवारीमा वनजंगल राख्ने राष्ट्रिय निती रहेकोले प्रदेश सरकारले अहिले वन सम्बन्धी ऐन, नियमावली नल्याएका कारण उपभोग्य गर्नबाट सर्वसाधारण बंचित भएका छन । नेपालमा अहिले सम्म ३० वटा साझेदारी वन ब्यवस्थापन समिती सक्रिय रहेको प्रशिक्षक भुजेलले बताउनु भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...