Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

खण्डेलवाल परिवारको विवादमा मेयर सरावगीको हस्तक्षेप

spot_img
spot_img

वीरगन्ज , २८ जेठ ।
वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगर निवासी सुनिल खण्डेलवालले आफ्नो तीन जना दाजुभाईको साथसाथै स्थानीय जनप्रतिनिधिको कारण मानसिक तनाव खेप्न बाध्य छन् ।

विगत लामो समयदेखि दाजुभाई बीच घरायसी विवाद चल्दै आइ रहेको अवस्थामा केही दिनदेखि तीन दाजुभाई राजेश खण्डेलवाल, पशुपति खण्डेलवाल, सचिन खण्डेलवाल मिली यातना दिदै आएका थिए तर हाल आएर यस घटनामा महानगरपालिकाका मेयर विजय सरावगीले हस्तक्षेप गर्न थालेका छन् ।

अँश सम्बन्धी मुद्दा जिल्ला अदालत पर्सामा विचाराधीन अवस्थामा रहेकोमा तीन दाजुभाई मिली सुनिललाई मानसिक यातनाको साथै घरमा ताल्चा लगाई घर वाहिर निकाल्ने षडयन्त्र समेत गर्दै आएका छन र यस कार्यमा स्थानीय जनप्रतिनिधि लगायत स्थानीय प्रशासनले पनि समर्थन गर्दै आएको देखिएको छ । भर्खरै यही जेठ २३ गते तीन दाजुभाई मिली सुनिल खण्डेलवालका श्रीमती तथा बच्चालाई घर बाहिर बस्न बाध्य बनाएका थिए ।

जेठ २३ गते सुनिल खण्डेलवालका श्रीमती बच्चालाई स्कुल पु¥याउन गएको मौका छोपी दाजुभाई राजेश खण्डेलवाल, पशुपति खण्डेलवाल तथा सचिन खण्डेलवालले घरमा ताल्चा लगाए । सुनिलका श्रीमती बच्चालाई स्कुलबसमा राखेर घर फर्कदा घरमा ताल्चा लागेको देखेर आत्तिइन्, केही बेरसम्म त्यही स्थानमा ताल्चा खुल्ने आशमा बसिन् । ताल्चा लगाएर त्यही बसेका तीन दाजुभाईले सुनिलको श्रीमतीलाई सार्वजनिक स्थलमा तथानाम जथाभावी कुरा काट्दै बेइज्जत गरे ।

त्यस पश्चात ३ बजेसम्म घरको ताल्चा नखुलेपछि स्कुलबाट फर्केका बच्चालाई लिई सुनिलकी श्रीमती न्यायको लागि जिल्ला प्रहरी कार्यालय स्थित महिला सेलमा पुगिन् तर उनी त्यहाँ पनि न्याय पाइनन् । महिला सेलका कर्मचारीले श्रीमतीलाई प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर समक्ष लगि गुनासो सुनाउँदा प्रउ राठौरले विपक्षीलाई ल्याउन प्रहरी खटाए लगत्तै महानगरपालिकाका मेयर विजय सरावगीका आसेपासे (सज्जन अग्रवाल) जिल्ला प्रहरी कार्यालयमा पुगी प्रहरीलाई रोकेका थिए । आफू मेयरको आसेपासेको धाकधम्की लगाउँदै प्रहरीको भ्यान गएर उनीहरुलाई ल्याए समाजमा बेइज्जती हुने भनेर यस कार्यमा प्रहरी हस्तक्षेप नगर्न भनि पीडितलाई झन पीडामा पारे ।

त्यस दिन आफ्नो घर हुँदा हुँदै सुनिल श्रीमतीको साथसाथै बच्चालाई लिएर होटलमा बस्न बाध्य भए । गल्ती गर्ने मान्छेलाई प्रहरीले आफ्नो भ्यानमा राखेर अनुसन्धानको लागि ल्याउँछ भने समाजको बेइज्जती हुन्छ भने एउटा पीडित महिला आप्mनो घर हुँदाहुँदा बच्चालाई लिएर घर बाहिर बस्नुले समाजले कतिको इज्जत पाएको होला त ? यसतर्फ मेयर साहेबको ध्यान जानुपर्ने थियो ।

एउटा पीडितलाई थप पीडाा पारी पीडकलाई समर्थन गर्नका लागि जनतालाई उनलाई मेयर बनाएका होइनन्, सायद उनी आफ्नो पदीय दायित्व विर्सि रहेका छन् कि ? त्यही एक महिलाको भोट पाएर उनी अहिले मेयर बनेका छन् । पीडितलाई न्याय दिनुपर्नेमा पीडितलाई झन पीडामा पार्दैछन् मेयर सरावगी ।

तीन दाजुभाई मिली सुनिललाई यो भन्दा अगाडि पीडित मानसिक यातनाको साथसाथै शारिरिक यातना समेत दिएका थिए । केही दिन अघि मात्रै यही विषयलाई लिएर तीन दाजुभाई मिली सुनिललाई कुटपिट समेत गरेका थिए । उनीहरुको कुटपिटबाट सुनिललाई देब्रे खुट्टा भाँचिनुको साथसाथै हातमा चोटपटक लागेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...