Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

ईजीआरपी कार्यक्रमको समिक्षा बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज, २५ जेठ ।
ईजीआरपी कार्यक्रम अन्तर्गत शनिवार जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साको समन्य समितीको बैठकले बिगतमा भएका क्रियाकलापहरुको समिक्षा गर्दै अनुमोदन गरेको छ । जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साका प्रमुख हरी राउत कुर्मीको अध्यक्षतामा बिरगंजको भिस्वा होटलमा बसेको बैठकले यस क्षेत्रमा काम गर्ने समाजिक संस्थाका कर्मचारीलाई नियमित रुपमा कार्यक्षेत्रमा जाने निर्णय गरेको छ ।

५ वटा गाउपालिका जगरनाथपुर, पर्सागडी, कालिकामाई, धोबिनी र पटेर्वा सुगोलीका बिधालयहरुमा ४वटा क्रियाकलाप मध्ये शुन्य मात्र काम गरेकोले गाउपालिकाका पदाधिकारीहरु सित छलफल गरी निष्कर्षमा पुगने निर्णय गरेको छ । जिल्लामा रहेको बिधालयहरुमा महिनाको अनिवार्य एक पटक नत्र २ पटक अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

३ सय ६० बिधालयमा शिक्षण सामग्री पठाएको, १ सय ११ वटा बिधालयहरुमा बिधालय ब्यवस्थापन समिती गठन गर्न सफल भएको र कक्षाकोठामा आधारित पठन सिप परिक्षण गरेकोले बैठकले काम प्रति बधाई ज्ञापन गरेको ईजिआरी कार्यक्रमका संयोजक भरत सहनीलेबताउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...