Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज,२४ जेठ ।
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टि मा वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । तालिममा वातारण तथा सरसफाई सम्बन्धि फाईदा बेफाईदा, चर्पी निर्माण, वातावरण सम्बन्धि स्थानियको भुमिका लगायत बिषयमा छलफल भएको थियो ।

वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा भएको तालिममा वडा सदस्य मुकेश साह,हरिन्द्र प्रसाद ,वास संयोजक राजेश यादव, प्रअ अमर यादव, कन्दैया साह, शिक्षक मुकलेश गद्दी लगायत स्थानियको सहभागिता रहेको थियो । तालिममा राजेश प्रसाद यादव र बिक्रम प्रसाद साहले प्रशिक्षण दिनुभएको थियो ।

युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको आयोजनामा भएको तालिममा असार २१ गते वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गर्ने सहभागि प्रतिनिधिहरुले प्रतिवद्धता जनाउनु भएको थियो । खुल्ला दिशामुक्तको लागि मधवल, अमरपट्टि र झौवामा निगरानी समिती गठन र तालिममा सहभागिहरुलाई पोशाक समेत बितरण गरिएको बिन्दवासनी गाउँपालिकाका समाजिक बिकाश प्रमुख रामप्रवेश साहले बताउनुभयो ।

दश दिन देखि शुरु तालिम आज सम्पन्न भएको छ । यसै गरी सोही गाउपालिकाको वडानम्बर ४ यहि आउदो आषाढ २१ गते खुल्ला दिशामुक्त घोषणा गर्ने निर्णय गरिएको बिन्दवासिनी गाउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले बताउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...