Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

महानगरमा नौ दीने श्री शिवशक्ती रुद्र महायज्ञ सुरु

spot_img
spot_img

वीरगंज,२१ जेष्ठ ।
वीरगंज महानगरपालिका वडा नं १६ मा श्री शिवशक्ती रुद्र महायज्ञ सुरु भएको छ । श्री शिवशक्ती रुद्र महायज्ञको उदघाटन समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले विधिपुर्वक हुने पुजापाठ तथा महायज्ञले समाजमा शान्ती ल्याउनुका साथै साकारात्मक उर्जा प्रदान गर्ने बताए ।अहिले सरकारले देशलाई समृद्ध बनाउन विषेश नारा दिई रहेको बेला समाजमा शान्ती लागी महायज्ञले समाज तथा देशमै सकारात्मक उर्जा प्रदान गर्ने बताउनु भयो ।

श्री ओम भक्तेश्वर शिव मठ मन्दिर एवम गायत्री शक्ती पिठको आयोजनामा मंगलवार देखी शुरु भएको महायज्ञ ९ दिन सम्म चल्ने छ । महायज्ञको मंगलवार पहिलो दिन कलश यात्रा निकालिएको मुल आयोजक समितीका अध्यक्ष मगदिश प्रशाद यादवले जानकारी दिनु भयो । नौ दिन सम्म चल्ने महायज्ञमा भारत तथा नेपालका विभिन्न धार्मीक गुरुहरुले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । उदघाटन कार्यक्रममा समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वर यादव लगाएत स्थानीय वासीको उल्लेखनिय सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...