Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

अपांग र रात्री बिधालय बन्दमा उप मेयर कार्कीकाे आपती

spot_img
spot_img

वीरगन्ज, २१ जेष्ठ ।
बिरगंज महानगरपालिकाले अपांग बिधालय र रात्री बिधालय बन्द गरेकोमा बिरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले आपती जनाउनु भएको छ । आज पर्सा बहिरा महासंघले बिरगंजको एभरेष्ट होटलमा आयोजना गरेको बहिराहरुका समाजिक र न्याय पहुचका लागी एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै आपती जनाउनु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा संबोद्धन गर्दै बिरगंज महानगरले हरेक ब्यक्तिका लागी काम दिने योजना राखेको पनि बताउनु भएको छ । बहिरा महासंघका लागी छुटै किसिम्मले ब्यवस्थापनका लागी महानगरले ५ लाख रकम छुटयाएको र आउदो योजनामा पनि बजेट छुटयाउने प्रतिबद्धता गर्नु भएको छ ।

बहिरा महासंघ पर्साका अध्यक्ष सगुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले बहिराहरु संचारबाट बंचित, चेतनाको कमी, दोभासेको ब्यवस्थाबाट बंचित, सवारीसाधनमा छुटको ब्यवस्थाबाट बंचित, स्वास्थ्य उपचार निशुल्क नभएको र सरकारी तथा गैरसकारी निकायमा बहिराहरुको पहुच नरहेको बताएका छन ।

पर्सा जिल्लामा अपांगहरुका लागी ५ वटा बिधालयहरुमा पढाईको ब्यवस्थापन भए पनि बजेटको अभावले गर्दा गुणस्तरिय शिक्षा पाउन नसकेको अवस्था बिरगंज महानगरपालिकाका शिक्षा समन्वय ईकाई प्रमुख अरबिन्दलाल कर्णले बताउनु भएको छ । २०६८ सालको जनगणनाको तथ्यांक अनुसार पर्सा जिल्लामा ४ सय ६ जना अपांग रहेको तथ्यांक भए पनि बहिरा कति जना छन भने अकिन नभएको जनाईएको छ ।

नेपालको ४४ वटा जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको छ भने ८ वटा जिल्लामा लागु हुने तैयारी रहेको कार्यक्रम संयोजक शंकर सिंहले बताउनु भएको छ ।

कार्यक्रममा अधिवक्ता अयुव खा, बहिरा संघका सचिव अर्जुन कर्ण, दोभाषे मिना श्रेष्ठ, प्रध्यापक हरेराम ठाकुर, बिरगंज महानगरपालिकाकी महलिा तथा बालिबालिका शाखा प्रमुख सबिता साह लगायतकाले आआफना धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...